६ श्रावण २०८३, बुधबार | July 22, 2026

खजुरामा २४ गते एकादशीका दिन देखि महाआरती थालिने



खजुरा । धार्मिक पर्यटनको खोजि अभियानमा जुटेका खजुराबासीले आईतबार देखि महाआरती थाल्ने भएका छन् । खजुरा क्षेत्रलाई धार्मिक धाम नाउने अभियान थालेका खजरेलीहरुले बिहीबार एकादशीको दिनबाट प्रत्यक एकादशीका दिन माहाआरती गर्ने भएका हुन् ।

स्थानीय लक्ष्मी नाराण मन्दिर परिषरमा महाहा आरती गरिने आज पक्रकार सम्मेलन गर्दै जानकारी दिइयो । बाँके जिल्ला कै सबै भन्दा बढी मठमन्दिर भएको खजुरा क्षेत्रमा सबै मठ मन्दिरलाई तिर्थस्थल बनाउने लक्ष्य सहित खजुरा बजारमा लक्ष्मी नारायण दिब्य धामको संकल्प गरिसकिएको छ भने त्यस आसपासका मन्दिरहरुलाई पनि धार्मिक गन्तब्यकारुपमा राखिएको लक्ष्मी नारायण मन्दिर ब्यवस्थापन समितिले जनाएको छ ।

पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा खजुरा धार्मिकरुपमा पनि दशकौं देखि प्रख्यात रहेको उल्लेख गरिएको छ । ‘राणाकालको मैटहवा मन्दिर, सयाँ वर्ष पुरानो हनुमान तलौवा, सन्तकुटी जस्ता ऐतिहासिक धार्मिक क्षेत्र खजुरामा नै पर्दछ,’ विज्ञप्तिमा लेखिएको छ, ‘त्यससँगै खजुराको लक्ष्मीनारायण मन्दिर, मनकामनापुरको शिवालय, ज्ञानोदयको कालिमाई, डी गाँउको नवदुर्गा मन्दिर लगायत यस क्षेत्रमा ठुलो संख्यामा धार्मिक मठमन्दिरहरु रहेका छन् ।’

खजुरामा रहेको लक्ष्मी नारायण मन्दिरमा यहि भाद्र २४ गते एकादशीका दिनबाट महाआरतीको शुभारम्भ गर्ने निर्णय भएको लक्ष्मीनारायण मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष शिवराज श्रेष्ठले बताए । उनले लक्ष्मी नारायण धामको स्थापनाको अभियानलाई सार्थक बनाउने उद्देश्यले मन्दिर परिषरमा भब्य भजन किर्तन र पञ्चेबाजा सहित महाआरतीको तयारी गरिएको बताए । निकट भविश्यमा अग्लो सुदर्शन चत्र सहितको लक्ष्मीनाराणको मुर्ति स्थापना गर्ने अभियानलाई महाआरतीले सार्थक बनाउने अपेक्षा गरिएको उनले जनाए ।

‘मागेको भाकल पुरा हुने र समृद्दीको प्रतिककारुपमा रहेको लक्ष्मी नारायण सहित खजुराका अन्य मठमन्दिरहरुलाई समेत समेटेर धार्मिक गन्तब्य बनाउने अभियानमा खजुराबासी जुटेका छौं,’ बिज्ञप्तिमा भनिएको छ, ‘यो अभियानलाई सहयोग गरिदिनुहुन सबैलाई आग्रह गर्दछौं ।’

प्रकाशित मिति : २० भदौ २०८०, बुधबार  ४ : ३७ बजे

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना

आर्थिक लक्ष्य पूरा गरेपछि सिटिजन लाइफ देवदह शाखाद्वारा वृक्षारोपण

देवदह । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन