९ श्रावण २०८३, शनिबार | July 26, 2026

माओवादी केन्द्रलाई जनताको पार्टीको रूपमा स्थापित गर्छौं : प्रचण्ड



गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रलाई जनताको पार्टीको रूपमा स्थापित गरेरै छाड्ने बताएका छन् ।

वासु (सुरेश वाग्ले) स्मृति दिवसका अवसरमा गोरखाको अजिरकोट गाउँपालिकाको भच्चेकमा वाइसीएलको दोस्रो पालिकास्तरीय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले माओवादी केन्द्रले सुरु गरेको तीनमहिने रुपान्तरण अभियानले पार्टीलाई जनताको पार्टीको रूपमा स्थापित गर्ने बताए । ।

“माओवादी केन्द्रलाई फेरि जनताको बीचमा स्थापित गर्ने र राष्ट्रको जिम्मा लिने एकमात्र पार्टीको रूपमा स्थापित गर्छौँ, हामीले विचार पनि संश्लेषण गर्ने तथा शक्ति पनि आर्जन गर्ने उद्देश्य लिएका छौँ”, प्रचण्डले भने“गोरखाका नेता, कार्यकर्ता र जनसङ्गठनले पनि यसलाई राम्रोसँग बुझ्नुभएको छ ।”

गोरखाबाट निर्वाचन जितेर गएपछि धेरै उतारचढावबीच देशको नेतृत्व गर्ने जिम्मेवारी प्राप्त भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले जनतालाई प्रत्यक्ष राहत दिएर सरकारले सुशासनको थालनी गरेको उल्लेख गरे । सरकारले सामाजिक सुरक्षा कोष सञ्चालन, राहदानी र यातायातको क्षेत्रमा देखिएका समस्या तथा भ्रष्टाचारविरोधी अभियान चलाएर नयाँ परिवर्तन थालनी गरेको उनको भनाइ थियो ।

प्रचण्डले भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह जागेको भए पनि भ्रष्टाचारमा रमाउनेहरू भने अत्तालिएको बताए । सुशासन र समृद्धिलाई प्राथमिकता दिएर सरकार अगाडि बढेको उल्लेख गर्दै उनले सरकारको यो अभियान नरोकिने उल्लेख गरे । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना तथा कर्णाली चिसापानी जस्तो ‘गेमचेन्जर’ आयोजना सुरुआत गरिएको उनले बताए । प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमणका क्रममा नेपालको विकास तथा उत्तरी क्षेत्रका नाका खोल्नेलगायत विषयमा छलफल हुने जानकारी दिए ।

प्रकाशित मिति : २३ भदौ २०८०, शनिबार  ३ : ०६ बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको