२९ पुस २०८२, मंगलबार | January 13, 2026

संविधानसभा अध्यक्ष नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै



काठमाडौं । संविधानसभाका अध्यक्ष तथा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको आज दाह संस्कार गरिने भएको छ ।

पार्टी मुख्यालयबाट हिजो पार्थीव शरीरलाई निजी निवास बालुवाटार राखिएर मुन्धुम परम्पराबाट अन्तिम धार्मिक संस्कार सकाए पछि आजै अपरान्ह १२ बजे अन्तिम संस्कार गरिन लागिएको हो ।

गत मंगलबार बिहान हृदयघातबाट निधन भएका नेम्वाङको पार्थीव शरीरलाई च्यासलस्थित पार्टी कार्यालयबाट मंगलबार देखी राखिएको थियो । र, हिजो पार्टी कार्यालयबाट नेम्वाङको पार्थीव शरीरलाई आफन्त, इष्टमित्र र परिवारका सदस्यबाट श्रद्धाञ्जली अर्पणका लागि निजी निवास लगिएको हो ।

मंगलबार दिउँसो भने पार्टी कार्यालय, च्यासल ललितपुर पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, डा। बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक  दलका शीर्षनेता, कार्यकर्ता, शुभेच्छुकहरुले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

नेम्वाङको अन्त्येष्टि बिहीबार पुशपति आर्यघाटमा गर्ने कार्यक्रम छ भने सोही दिन सरकारले नेम्वाङको सम्मानमा सार्वजनिक बिदा दिने भएको छ । उनको राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने सरककारले निर्णय गरेको छ ।

प्रकाशित मिति : २८ भदौ २०८०, बिहिबार  ७ : १२ बजे

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित, भोलि निर्वाचन

काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

एभरेष्ट कप छात्रा भलिबलको फाइनल र सेमिफाईनलका खेल बुधबार हुने

बुटवल । बुटवलमा भएको एघारौ जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप

बुटवलबाट करिब १३ लाख बराबरको अवैध मोबाइल सामग्री बरामद

बुटवल । नेपाल प्रहरीले बुटवलबाट करिब १३ लाख रुपैयाँ बराबरको