९ श्रावण २०८३, शनिबार | July 26, 2026

कांग्रेस र एमाले मिलेर सरकार बनाउने कुरा हल्ला मात्र : विमलेन्द्र निधि



धनुषा । प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउने कुरा हल्ला मात्र भएको बताएका छन् ।

जनकपुरधाममा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता निधिले गठबन्धनको सरकार पाँच वर्ष चल्नेमा कुनै शङ्का नरहेको बताए । “अहिलेको गठबन्धनको सरकार पाँच वर्ष चल्छ । यसमा कुनै द्विविधा नराखे हुन्छ”, नेता निधिले भने, “पूर्वसहमति अनुसार नै सरकारको नेतृत्व परिवर्तन हुनसक्छ ।”

वर्तमान गठबन्धनमा हेरफेरको कुनै सम्भावना नरहेको उनको भनाइ थियो । राजनीतिक स्थायित्वका लागि पनि अहिलेको सरकार पाँच वर्ष चल्नुपर्नेमा जोड दिए । राजनीतिक प्रक्रियामा दलहरू जुट्नु, फुट्नु, मोर्चा बनाउनुलगायत कुरा सामान्य भएको उनको भनाइ थियो । विकास निर्माणका कार्यमा खुट्टा तान्ने प्रवृत्ति अन्त्य गर्दै सबैलाई एकजुट भएर अघि बढ्न नेता निधिले आग्रह गरे ।

प्रकाशित मिति : ३१ भदौ २०८०, आइतबार  १ : ५४ बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको