२५ मंसिर २०८०, सोमबार | December 11, 2023

२ करोडको लगानीमा बुटवल मिलनचोकमा सञ्चालनमा आयो नेपाली लुगा घर



बुटवल । बुटवलमा २ करोडको लगानीमा नेपाली लुगा घर सञ्चालनमा आएको छ । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा बुधबार देखि नेपाली लुगा घर सञ्चालनमा आएको हो ।

नेपालमै उत्पादित अन्तर्राष्टि गुणस्तरका पहिरन सुपथ मुल्यमा ग्राहक सम्म सिधा पुराउने उद्देश्यले नेपाली लुगा घर सञ्चालन गरिएको नेपाली लुगा घरका सञ्चालक प्रकाश भुसालले बताए ।

नेपाली घरको एक कार्यक्रमका बीच जेष्ठ नागरिक भागिरथ भुसालले उद्घाटन गरे । त्यस्तै कार्यक्रममा तयारी पोशाक संघका केन्द्रीय उपाध्यक्ष राजु प्रसाद कार्कीले नेपाली उत्पादनको बजार प्रबद्र्धनमा सवै लाग्नुपर्ने बताए ।

नेपाली लुगा घर शुभारम्भको अवसरमा ३ दिन सम्म फुड फेस्टिवल र गजल सांझ पनि बुधबार देखि सुरु भएको छ । असोज ६ गते सम्म उद्घाटन समारोहमा भएको गजल सांझमा बुद्ध राना, प्रकाश बस्नेत (गफाडी) सुदेस सत्याल, कविराज पौडेल, विष्णु पोखरेल, लिलाधर पाण्डे र खेमप्रसाद गुरुङको प्रस्तुती रहेको छ ।

साथै अक्सफोर्ड कलेज, दिप बोडिङ, एभरेष्ट बोडिङ, स्कलर्स होम बोडिङ स्कुल लगाएतका विद्यालयले फुड फेस्टिवल पनि कार्यक्रम स्थलमा राखेका छन् । नेपाली लुगा घरमा देशका ६ वटा ब्राण्डका लेडिज, जेन्स र बच्चाका सवै प्रकारका कपडा उपलब्ध हुने सञ्चालक भुसालले बताए ।

साढे २ करोडको लगानीमा सञ्चालनमा आएको नेपाली लुगा घरले उद्घाटनको अवसरमा १ रुपैयामा १ हजार जनालाई सेण्डो प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ७ : ४७ बजे

संघीय संसदको महासचिवमा पदम पाण्डे सिफारिस

काठमाडौं । संघीय संसदका महासचिवमा सचिव पदमप्रसाद पाण्डे सिफारिस भएका

संघीय संसदका महासचिव भरतराज गौतमले दिए राजीनामा

काठमाडौं। संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा

प्रि–ओपन सेसनमा नेप्से सूचक २५.५५ अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से

अन्तर्राष्ट्रिय उडान नभएसम्म गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालीन धर्ना

भैरहवा। रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरुले गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन

यसरी फेरियो पुम्दीकोटको परिचय

कास्की । पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको