४ पुस २०८२, शुक्रबार | December 19, 2025

बाँकेको बाल सुधार गृहमा तोडफोड



काठमाडौं । बाँकेको जयेन्दु बाल सुधार गृहमा गयराती तोडफोड भएको छ । डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित सुधार गृहमा सोही सुधार गृहमा राखिएका बालबन्दीहरुले तोडफोड गरेका हुन् ।

उनीहरुले सुधार गृहका झ्यालका सिसा फुटाउँदै सुरक्षामा खटिएका प्रहरीमाथि पनि ढुंगा र इँटा प्रहार गरेका थिए । सुधारगृहमा भएको तोडफोड र ढुंगा प्रहारले रातभरीको अवस्था तनावपूर्ण बनेको स्थानीय प्रत्यक्षदर्शीले बताए ।

स्थानीयवासीका अनुसार सुधार गृहभित्र रहेकाहरुले अहिले पनि नाराबाजी गरिरहेका छन् । अवस्था सामान्य बनाउने प्रयास भइरहेको बाँके प्रहरीले जनाएको छ ।

सुधार गृहमा बिभिन्न मुद्दामा दोषी ठहरिएकार पुर्पक्षका लागि सुधारगृह पठाइएका करिब ३ सय जना रहेका छन् । गत माघ अन्तिम साता सोही सुधार गृहमा आगजनीसमेत भएको थियो ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ८ : ३९ बजे

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म