१३ बैशाख २०८३, आइतबार | April 26, 2026

अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने पहिलो व्याच सम्मानित



काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक सहभागिता जनाएका नेपाली क्रिकेट टोलीलाई आज सम्मान गरेको छ ।

सन् १९९६ देखि अन्तर्राष्ट्रिय खेल खेल्न थालेको नेपाललले पहिलोपटक मलेसियामा भएको एसिसी ट्रफी खेलेको थियो । उक्त प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोलीका सबै खेलाडी र प्रशिक्षकलाई क्यानको केन्द्रीय साधारणसभा तथा अधिवेशनका क्रममा सम्मान गरिएको हो ।

कार्यबाहक प्रधानमन्त्री एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले उक्तसाधारणसभा शुभारम्भ गर्नाका साथै खेलाडीलाई सम्मानपत्र पनि प्रदान गरे । उनले नेपाली क्रिकेट टोलीले पछिल्लो समयमा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै क्रिकेट खेलको विकास र विस्तारका लागि भौतिक पूर्वाधारको विकास हुन आवश्यक रहेको बताए ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले यस कार्यसमितिले क्षमताले भएसम्म उत्कृष्ट काम गरेको यही कार्यकालमा नेपालले पहिलो पटक एसिया कप खेल्न सफल भएको बताउनुभयो ।

सम्मानित हुने खेलाडीमा उत्तमकुमार कर्माचार्य ९तत्कालीन कप्तान०, बसन्त शाही ठकुरी, जगतबहादुर टमाटा, लेखबहादुर क्षेत्री, ९एलबी० मनिषराज पाण्डे, सन्जय गुरुङ, किरणशम्शेर राणा, राजु खड्का, पवनकुमार अग्रवाल, विशाल गुप्ता, रितेश बराल, पुकार पन्त र मुसरफ इजाहर हुनुहुन्छ ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ४ : ५५ बजे

‘पूर्वप्रधानमन्त्री अधिकारी – प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ ।

अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा अतिक्रमण गरी निर्माण गरिएका बस्ती

मनोहरा सुकुम्बासी बस्तीका घरटहरा हटाईंदै, सुरक्षाकर्मीको बाक्लो उपस्थिति

काठमाडौं । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्बासी बस्तीमा बनाइएका घरटहरा हटाउन

अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस : ४० वर्षपछि पनि असर कायम

काठमाडौं । आज अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस हो ।