४ पुस २०८२, शुक्रबार | December 19, 2025

विकासका लागि वैज्ञानिक दृष्टिकोण अवलम्बन गर्नुपर्छ : अध्यक्ष नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लोकतान्त्रिक पद्धति र देशभक्तिको सोच भएका कम्युनिष्टले देश विकासका लागि वैज्ञानिक दृष्टिकोण अवलम्बन गर्ने गरेको बताएका छन् ।

नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा उनले मुलुकको स्वाभिमान रक्षाका लागि निरङ्कुश शासनको अन्त्य गर्ने सङ्कल्पका साथ कम्युनिष्ट पार्टीको स्थापना भएको बताए । पछिल्लो समय कम्युनिष्टमा सत्ता मोह देखिका कारण देश विकासको भावनामा कमी आएकाले त्यो कमजोरी सच्याउनपर्नेमा अध्यक्ष नेपालको जोड थियोे ।

मुलुकमा विद्यमान गरिबी पछौटेपनको न्यूनीकरणका लागि औद्योगीकरणको खाँचो औँल्याउँदै उनले त्यसका लागि समाजवादी अर्थ व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार निमार्णले ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गरी आत्मनिर्भर अर्थतन्त्रको विकासमा सहयोग पुग्ने विचार व्यक्त गरे । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका साथै सुशासन, समृद्धि र सामाजिक न्यायमा आधारित आर्थिक रुपान्तरण गर्नुपर्ने बताए ।

सुशासन, समृद्धि र सामाजिक न्यायको आधारमा जनतालाई राजनीतिक परिवर्तनको प्रत्याभूति गराउन राजनीतिक नेतृत्वमा दूरगामी दृष्टिकोण आवश्यक रहेको उनले बताए । लामो सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिलाई जोगाउन परिवर्तनका पक्षधर तथा लोकतान्त्रिक शक्तिबीच एकता र समन्वयको खाँचो रहेको भन्दै अध्यक्ष नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विरुद्ध प्रतिगामी शक्ति सक्रिय रहेकाले अग्रगामी शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

महासचिव घनश्याम भुसालले उद्यमीले गर्ने लगानीको प्रतिफल सुनिश्चित गर्न सरकारले आवश्यक वातावरण निर्माण गर्नुपर्ने बताउँदै त्यसले राष्ट्रिय उत्पादन र पूँजी सञ्चयमा सकारात्मक प्रभाव पार्ने विचार व्यक्त गरे । बागमती प्रदेशका कृषि तथा पशुपन्क्षीमन्त्री राजेन्द्रमान श्रेष्ठले आयात न्यूनीकरण गर्न निर्यातमुखी उद्योगलाई भन्सार तथा अनुदानमा सहुलियत दिइने प्रतिबद्धता व्यक्त गरे ।

महाधिवेशनले लंक केसीको नेतृत्वमा ७५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ९ : ०५ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा