१३ बैशाख २०८३, आइतबार | April 26, 2026

क्यानले पायो नयाँ कार्यसमिति, उपप्रधानमन्त्री खड्काको बधाई तथा शुभकामना



काठमाडौं । कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज सम्पन्न नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय साधारणसभा तथा अधिवेशनबाट निर्वाचित अध्यक्ष र पदाधिकारीहरूलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिएका छन्।

कार्यबाहक प्रधानमन्त्री खड्काले समाजिक सञ्जाल मार्फत अध्यक्षमा निर्वाचित चतुरबहादुर चन्द,  सचिवमा निर्वाचित पारस खड्कासहित नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन्।

धिवेशनले शनिबार नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिमा अध्यक्षमा चतुरबहादुर चन्द दोहोरिएका छन् भने सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन् ।

उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित भएका छन् ।

१७ सदस्यीय कार्यसमितिमा पदाधिकारीबाहेक ३ सदस्य निर्विरोध निर्वाचित भए भने १० जना चुनावबाट निर्वाचित भए । महिला सदस्यमा जयन्तीदेवी भट्ट, कर्णालीबाट प्रतिनिधित्व गर्ने सदस्यमा श्रीधर केसी र लुम्बिनीबाट प्रदीप मजगैया निर्विरोध चयन भए भने अरु प्रदेशका सदस्य र खुला ५ पदमा चुनाव भएको थियो।

कोशीबाट अर्जुन पौडेल ४७, गण्डकीबाट सुदीप शर्मा ५२, बागमतीबाट दिवाकर घले ४६,र सुदूरपश्चिमबाट बिक्रम विष्ट ४९ मत पाएर निर्वाचित भए । मधेशका माधवकुमार कर्माचार्य र मोहम्मद दाउद अन्सारीले बराबर ४२ मत पाएपछि गोलाप्रथा गर्दा माधवकुमार कर्माचार्य चुनिएका छन् ।

कार्यबाहक प्रधानमन्त्री खड्का शुक्रबार सुरु भएको नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय साधारणसभा तथा अधिवेशनमा प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ९ : ५८ बजे

‘पूर्वप्रधानमन्त्री अधिकारी – प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ ।

अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा अतिक्रमण गरी निर्माण गरिएका बस्ती

मनोहरा सुकुम्बासी बस्तीका घरटहरा हटाईंदै, सुरक्षाकर्मीको बाक्लो उपस्थिति

काठमाडौं । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्बासी बस्तीमा बनाइएका घरटहरा हटाउन

अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस : ४० वर्षपछि पनि असर कायम

काठमाडौं । आज अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस हो ।