१५ भदौ २०८३, सोमबार | August 31, 2026

मोहम्मद डे मनाउन र गणेश चतुर्थी बिसर्जनकालागि छुट्टाछुट्टै समय निर्धारण



नेपालगन्ज । मुस्लिम समुदायको मोहम्मद डे र हिन्दु समुदायको गणेश चतुर्थी विसर्जनको मुहुर्त एकैदिन परेपछि नेपालगन्जमा फरक फरक समय निर्धारण गरेर पर्व मनाउने ब्यवस्था मिलाइएको छ ।

जिल्ला प्रशामसन कार्यालय बाँकेमा बसेको सर्वपक्षीय भेलाले फरक फरक समय निर्धारण गरेर महोमम्मद डे र गणेश चतुर्थी विसर्जनको समय निर्धारण गरिउको हो ।

भेलाले गरेको निर्णय अनुसार बिहान ७ बजेदेखि मोहम्मद डेको ¥याली प्रदर्शन गरि मध्यान्ह १ बजे सम्म समापन गरिनेछ भने त्यसपछि गणश चतुर्थीको विसर्जन सुरु हुने छ । हिन्दु धर्मका धर्मगुरु र मुस्लिम अगुवाहरुको उपस्थितीमा भएको भेलाले शान्ति सदभाव र आपसी भाइचारा कायम राख्न समझदारीपूर्ण तरीकाले पर्व मनाउने निर्णय भएको बाँके प्रशासनले जनाएको छ ।

बिहिबार मुस्लिम समदायले ईस्लामका पैगम्बर हजरत मुहम्मद मुस्तफा स्वल्लल्लाहो अलैहे वसल्लमको १४९८ औं जन्मोत्सव मनाउँदै छन् भने बिहिबार नै गणेश चतुर्थीको मुर्ति तथा पुजा समाग्री बिसर्जनको दिन परेको छ ।

नेपालगन्जले फेरि एकपटक सदभावको शहरको पहिचान दिने अवसर प्राप्त गरेको मुस्लिम अगुवा मेराज अहमद हिमालयले बताए ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  १० : १३ बजे

सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन

रसुवा बाढी : उद्धारका लागि अन्तरराष्ट्रिय राहत सहयोग जुट्दै

काठमाडौं । बुधबार रसुवालगायत क्षेत्रमा गएको भोटेकोशी बाढीको विपद्पछि नेपाल

प्रधानमन्त्री र रास्वपा सभापतिबीच उद्धार र पुनःस्थापनाबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी

‘पार्वती’ टिमद्वारा बाढीपीडितका लागि ११ लाख बढी सहयोग

काठमाडौं । रसुवाको भोटेकोशीमा गत मंगलबार आएको अकल्पनीय बाढीबाट प्रभावित

रसुवा बाढी : सेनाद्वारा ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रसुवा । रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका