४ पुस २०८२, शुक्रबार | December 19, 2025

२०८४ को चुनावमा आफ्नो जमानत जफत गराइदिन दलहरुलाई रवि लामिछानेको चुनौती



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले २०८४ को चुनावमा आफ्नो दलको जमानत जफत गरेर देखाउन ठुला दलहरुलाई चुनौती दिएका छन् । सामाजिक सञ्जालमा स्टाटस पोष्ट गर्दै अध्यक्ष लामिछानेले ८४ को चुनावमा आफ्नो पार्टीको जमानत जफत हुने परिस्थिति बनाइदिन ठुला दलहरुलाई चुनौती दिएका हुन् ।

उनले पुराना दलहरुलाई चार वर्ष मिलेर काम गर्न सहमतिय सरकार बनाउन आग्रह गर्दै आफुहरुले प्रतिपक्षको भुमिका निमाउने बताएका छन् ।

उनले दलहरुलाई राम्रा काम गरेर रास्वपालाई असान्दर्भिक बनाइिदन पनि भनेका छन्। ‘यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामी जस्ता नयाँ, लोकरिझ्याईवाला, सिद्धान्त नभएका, आफ्नै शहीद नभएका दललाई पुरै असान्दर्भिक बनाइदिनुस्। ४–४ वर्ष बाँकी छ, गर्नुस् काम र देखाइदिनुस्,’ उनले लेखेका छन् –‘जनताले तपाईँहरुलाई यसरी भोट दिउन् कि हाम्रो जमानत जफत होस्। ४ वटा सही निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्छ, तपाईंहरुसँग ४–४ वर्ष छ। गर्नुस् निर्णय र देखाइदिनुस् हामी सबैलाई।’

उनले देशमा व्याप्त बेथिति अन्त्य गर्ने अन्तिम चार वर्षको रूपमा बुझ्न आग्रह गर्दै उनले आफूहरू प्रतिपक्षमा बस्न तयार रहेको बताएका छन्। ‘देशमा ब्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रूपमा अब यो ४ वर्ष तपाईहरू सबै मिल्नुस्। देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको सहमतिय सरकार बनाउनुस्। हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौँ’, उनले लेखेका छन्।

दलहरुका लागि मिसन ८४ नभएको उल्लेख गर्दै अन्य दलहरुका लागि ८१, ८२, ८३ बाँकी रहेको समेत बताएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ११ : २३ बजे

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह