१० श्रावण २०८३, आइतबार | July 26, 2026

संविधानले सबैलाई समेटेको छ : पूर्वराष्ट्रपति यादव



नवलपरासी । पूर्वराष्ट्रपति डा रामवरण यादवले नेपालको संविधानले सबै वर्ग र समुदायलाई समेटेको बताएका छन् ।

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकास्थित सूर्यपुरामा विपी कोइरालाको सालिक अनावरण गर्ने क्रममा आज पूर्वराष्ट्रपति यादवले संविधानले सबै नागरिकको हक र अधिकारलाई सुनिश्चित गरेको उल्लेख गरे ।

एक सय १०औं विपी जयन्तीका अवसरमा बिपी कोइरालाको अर्धकदको सालिक अनावरणका लागि आइपुगेका कोइरालाले सबैका हक र अधिकार स्थापित गरेको नेपालको संविधान विश्वकै उत्कृष्ट भएको बताए। उनले विपीको राष्ट्रवादलाई सबैले अङ्गाल्नुपर्नेमा जोड दिए ।

नेपालका प्रथम राष्ट्रपति डा यादवले अहिले नेपालीहरु परजीवी बन्दै गएको बताए। “हामीले पहिले भारतलगायत अन्य मुलुकमा कृषिजन्य उत्पादन निर्यात गथ्र्यौ, तर त्यही तिनै वस्तुमा भारतलगायतका देशमा परनिर्भर हुनुपरेको छ । यो दुःखद् अवस्था हो”, उनले भने ।

अहिले तराई क्षेत्रमा भइरहेको चुरे दोहनका विषयमा पूर्वराष्ट्रपति डा यादवले चिन्ता व्यक्त गर्दै चुरेको संरक्षण गर्न नसक्दा तराई मरुभूमि जस्तै बन्न थालेको उल्लेख गरे । प्राकृतिक स्रोतहरुको चरम दोहनले भोलिका दिनमा मानव सङ्कट पर्ने बताउँदै उनले प्राकृतिक सम्पदाको दोहन रोक्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ८ : २२ बजे

दाङको राजपुरमा ढिस्कोले पुरिएर किशोरको मृत्यु

दाङ । राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको

कपिलवस्तुमा बस-मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमियास्थित हुलाकी सडक खण्डमा बस

धर्मेन्द्र प्रधान बाहिरिए, शिक्षा मन्त्रालयको जिम्मेवारी प्रल्हाद जोशीलाई

काठमाडौं । भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा राष्ट्रपति द्रौपदी

ढुक्क हुनुहोस्, ‘एक पटकको नेपाली, सधैँको नेपाली’ हौँ”: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई सरकारको

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

काठमाडौं । लमजुङ जिल्ला प्रहरी कार्यालयले मध्यनेपाल नगरपालिका-४, दुर्दीपुलस्थित बौद्धा