७ श्रावण २०८३, बिहिबार | July 23, 2026

नेपालगन्जमा शान्ति सदभावका लागि प्रदर्शन



नेपालगन्ज । बाँकेको नेपालगन्जमा केही ब्यक्तिहरुले सामाजिक सञ्जालको दुरुप्रयोग गर्दै सामाजिक सदभावमाथि प्रहार गरेको भन्दै आज बिहानै सदभाव र्याली निकालिएको छ । शान्ति र सदभावको परिचय बोकेको नेपालगन्जको सदभाव कायम राख्न सदभाव र्याली निकालिएको र्यालीमा सहभागीहरुले बताएका छन् ।

स्थानीय बिपी चोकबाट निकालिएको सदभाव र्याली धम्बोझी चोक पुगेर समापन गरिएको छ ।

र्याली समापन कार्यक्रमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट, बागेश्वरी मन्दिरका महन्त हिन्दु धर्मगुरु चन्दननाथ योगी, मुस्लिम धर्मगुरु मौलाना जब्बार लगायतले नेपालगन्जले बनाएको सदभावको शहरको पहिचानलाई जोगाएर राख्न नगरबासीलाई आह्वान गरे ।

र्यालीमा स्थानीय राजनीतिकदलका नेताहरु, उद्योगी ब्यवसायी, बिभिन्न धर्मका धर्मगुरुहरु लगायत सर्वसाधारणको उपस्थिती रहेको थियो ।

सामाजिक सञ्जालको दुरुपयोग गर्दै केहि ब्यक्तिहरुले स्टाटस पोष्ट गरेको विषयमा बादबिबाद सार्वजनिक भएपछि आइतबार जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय भेला बोलाइएको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ९ : १० बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी