२२ मंसिर २०८२, सोमबार | December 8, 2025

नेपालगन्जमा शान्ति सदभावका लागि प्रदर्शन



नेपालगन्ज । बाँकेको नेपालगन्जमा केही ब्यक्तिहरुले सामाजिक सञ्जालको दुरुप्रयोग गर्दै सामाजिक सदभावमाथि प्रहार गरेको भन्दै आज बिहानै सदभाव र्याली निकालिएको छ । शान्ति र सदभावको परिचय बोकेको नेपालगन्जको सदभाव कायम राख्न सदभाव र्याली निकालिएको र्यालीमा सहभागीहरुले बताएका छन् ।

स्थानीय बिपी चोकबाट निकालिएको सदभाव र्याली धम्बोझी चोक पुगेर समापन गरिएको छ ।

र्याली समापन कार्यक्रमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट, बागेश्वरी मन्दिरका महन्त हिन्दु धर्मगुरु चन्दननाथ योगी, मुस्लिम धर्मगुरु मौलाना जब्बार लगायतले नेपालगन्जले बनाएको सदभावको शहरको पहिचानलाई जोगाएर राख्न नगरबासीलाई आह्वान गरे ।

र्यालीमा स्थानीय राजनीतिकदलका नेताहरु, उद्योगी ब्यवसायी, बिभिन्न धर्मका धर्मगुरुहरु लगायत सर्वसाधारणको उपस्थिती रहेको थियो ।

सामाजिक सञ्जालको दुरुपयोग गर्दै केहि ब्यक्तिहरुले स्टाटस पोष्ट गरेको विषयमा बादबिबाद सार्वजनिक भएपछि आइतबार जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय भेला बोलाइएको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ९ : १० बजे

तन्त्रमन्त्र गरि दुःख दिएको भन्दै चालकको हत्या, आरोपित ७ जना पक्राउ

धरान । सिटी सफारीका चालक हत्या प्रकरणमा प्रहरीले सात जनालाई

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाया, चार हजार बढी चौपाया सडकमै

लुम्बिनी । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२

गोवा नाइट क्लब आगलागीमा मृत्यु हुने २५ जनामा चार नेपाली

काठमाडौं । भारतको गोवामा शनिबार मध्यरात नाइट क्लबमा लागेको भीषण

बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण

बागलुङ । बागलुङमा १९ बालबालिका एचआइभी सङ्क्रमित भएको पाइएको छ

काठमाडौंको सिनामंगलमा असई बाबुले गरे चार महिने छोराको हत्या

काठमाडौं । काठमाडौंको सिनामंगलमा पारिवारिक विवादकाबीच एक असईले आफ्नै चार