३१ बैशाख २०८१, सोमबार | May 14, 2024

बुटवल उपमहानगरपालिकालाई २ दर्जन सुझावसहित एमालेको ध्यानाकर्षण पत्र



बुटवल । नेकपा एमाले बुटवल उपमहानगर कमिटीले विभिन्न २४ बुँदे सुझावसहित बुटवल उपमहानगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । बुटवलका विकास योजनाहरुको कार्यान्वयन तथा जनजीविकासँग जोडिएका विषयहरुमा एमालेले ध्यानाकर्षण पत्र बुझाएको बताएको छ ।

नगर प्रमुख खेलराज पाण्डेलाई भेटेर एमाले बुटवलका अध्यक्ष किशन ज्ञवालीको नेतृत्वमा गएको टोलीले मंगलबार ध्यानाकर्षण गराएको हो ।

बुटवलमा सुकुम्बासी समस्या समाधानका लागि अन्य पालिकामा भन्दा सुस्त गतीमा भएको, छाडा चौपाया व्यवस्थापनका लागि शिवनगर सामुदायिक वनमा रहेको नन्दनी गौशाला सञ्चालनमा राजनीतिक स्वार्थका कारण बन्द भएको, सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि यसअघि लागू गरिएका कार्यक्रमलाई स्वार्थ अनुरुप खारेज गरिएको लगायतका गुनासाहरुसहित ध्यानाकर्षण पत्र बुझाइएको एमाले बुटवलका अध्यक्ष ज्ञवालीले बताए ।

ध्यानाकर्षण पत्र बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले कृषि योग्य जमिनलाई समेत भूउपयोग नीति विपरित गैरकृषि क्षेत्रमा परिणत गरिएको, आर्थिक संकटमा रहेका नीजि क्षेत्रलाई समेट्ने गरीअघि नबढेको लगायतका विषयमा एमालेले ध्यानाकर्षण गराएको बताए ।

यसैगरि बुटवलको ज्योतिनगर पहिरोको दिर्घकालिन समाधान, विगतमा निर्मार्ण सुरु भई अलपत्र विकास योजनाहरुलाई पूर्णता दिनु पर्ने, नगरमा भवन संहिता लागू गर्नु पर्ने, कर्मचारीबाट सेवा तथा कामकाजमा हुने ढिला सुस्तीको अन्त्य गर्नु पर्ने लगायतका विषयमा ध्यानाकर्षण गराइएको अध्यक्ष ज्ञवालीले बताए ।

घर नक्सा पास प्रणालीलाई डिजिटल हस्ताक्षर प्रणालीमा अगाडि बढाउनु पर्ने, विद्युतीय कर प्रणालीबाट कर तिर्ने प्रविधिलाई थप व्यवस्थित गर्नु पर्ने, शहरमा सडक वत्तिको व्यवस्था, तिनाउ नदीमा तटबन्द निर्माण लगायतका विषयमा एमालेले ध्यानाकर्षण गराएको छ ।

नेकपा एमालेले बिकासलाई साझा मुद्दाको रुपमा लिएर अघि बढेको भएपनि स्थानीय सरकारले त्यसलाई वास्ता नगर्ने र व्यक्तिगत इगो लिएर अघि बढ्ने गरेको अध्यक्ष ज्ञवालीले आरोप लगाए ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ४ : ४३ बजे

लुम्बिनीको संरक्षण र विकासका लागि १२ बुँदे योजना प्रस्ताव

लुम्बिनी । लुम्बिनी विकास कोष र लुम्बिनी बचाउ महाअभियानको संयुक्त

छ हजार सात सय पाँच जनाले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौं । सार्वजनिक पद धारणा गरेका छ हजार सात सय

भेरी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. राजन पाण्डे नियुक्त

नेपालगन्ज । सरकारले भेरी अस्पताल नेपालगन्जको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा अस्पतालमा

निर्वाचन प्रणालीबारे सभापति खतिवडा र प्रमुख आयुक्त थपलियाबीच छलफल

काठमाडौं । राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा र प्रमुख

सिप्रदी ट्रेडिङले काठमाडौं महानगरलाई पुरानो गाडी बेचेको आरोप, कालोसूचीमा राख्न सिफारिस

काठमाडौं। सिप्रदी ट्रेडिङलाई ३ बर्ष कालोसूचीमा राख्न काठमाडौं महानगरपालिकाले सार्वजनिक