६ पुस २०८२, आइतबार | December 21, 2025

बुटवल उद्योग वाणिज्य संघमा युवा उद्योगी कृष्ण प्रसाद पाण्डेको उम्मेदवारी



बुटवल । बुटवल उद्योग वाणिज्य संघ निर्वाचनको माहौल तीव्र रूपमा अगाडि बढेको छ । बुटवलका उद्योग वाणिज्य संघमा युवा उद्योगी कृष्ण प्रसाद पाण्डेयको उम्मेदवारी रहेको छ ।

संघको यही १९ गते सुरु हुने अधिवेशनमा अहिले दुई प्यानल बनाएर उद्योगी व्यवसायीहरू नेतृत्व लिनको लागि मैदानमा पुगेका छन् । सोही क्रममा अहिले दिनेश प्रसाद श्रेष्ठ र हरि अर्यालले छुटाछुटै प्यानल बनाए मैदानमा उत्रिएका छन् ।

महालक्ष्मी मसाल उद्योगका प्रोप्राइटर कृष्ण प्रसाद पाण्डेले दिनेश प्रसाद श्रेष्ठको प्यानलबाट मैदान गएका छन् । युवा तथा सामाजिक रूपमा विभिन्न संघ संस्थाको नेतृत्व गरेका पाण्डे व्यवसायी समस्याहरू नीतिगत रूपमा राज्य सँग पुराउन सक्ने क्षमता राख्ने दाबी गर्दछन् ।

उनले रुपन्देही किराना व्यावसायिक संघको महासचिव हुँदै अहिले सल्लाहकार रहेका छन् । यस्तै बुटवल उद्योग वाणिज्य सङ्घको बस्तुगत समिति सभापति रहेका छन् । मानव अधिकारी तथा शान्ति समाजको रुपन्देही सचिव समेत रहेका पाण्डेय प्रस्ट वक्ताको रूपमा चिनिन्छन् ।

बुटवलको मिलनचोकमा किरानाबाट आफ्नो व्यवसाय सुरु गरेका पाण्डेय अहिले उद्योग सम्म बन्नको लागि सफल भएका हुन् । बुटवल उद्योग वाणिज्य संघ मा एक हजार ७ सय ७८ व्यवसायी आबद्ध छन् । मतदान असोज २२ गते हुँदै छ ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  ८ : १० बजे

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम