३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

बुटवल उद्योग वाणिज्य संघमा युवा उद्योगी कृष्ण प्रसाद पाण्डेको उम्मेदवारी



बुटवल । बुटवल उद्योग वाणिज्य संघ निर्वाचनको माहौल तीव्र रूपमा अगाडि बढेको छ । बुटवलका उद्योग वाणिज्य संघमा युवा उद्योगी कृष्ण प्रसाद पाण्डेयको उम्मेदवारी रहेको छ ।

संघको यही १९ गते सुरु हुने अधिवेशनमा अहिले दुई प्यानल बनाएर उद्योगी व्यवसायीहरू नेतृत्व लिनको लागि मैदानमा पुगेका छन् । सोही क्रममा अहिले दिनेश प्रसाद श्रेष्ठ र हरि अर्यालले छुटाछुटै प्यानल बनाए मैदानमा उत्रिएका छन् ।

महालक्ष्मी मसाल उद्योगका प्रोप्राइटर कृष्ण प्रसाद पाण्डेले दिनेश प्रसाद श्रेष्ठको प्यानलबाट मैदान गएका छन् । युवा तथा सामाजिक रूपमा विभिन्न संघ संस्थाको नेतृत्व गरेका पाण्डे व्यवसायी समस्याहरू नीतिगत रूपमा राज्य सँग पुराउन सक्ने क्षमता राख्ने दाबी गर्दछन् ।

उनले रुपन्देही किराना व्यावसायिक संघको महासचिव हुँदै अहिले सल्लाहकार रहेका छन् । यस्तै बुटवल उद्योग वाणिज्य सङ्घको बस्तुगत समिति सभापति रहेका छन् । मानव अधिकारी तथा शान्ति समाजको रुपन्देही सचिव समेत रहेका पाण्डेय प्रस्ट वक्ताको रूपमा चिनिन्छन् ।

बुटवलको मिलनचोकमा किरानाबाट आफ्नो व्यवसाय सुरु गरेका पाण्डेय अहिले उद्योग सम्म बन्नको लागि सफल भएका हुन् । बुटवल उद्योग वाणिज्य संघ मा एक हजार ७ सय ७८ व्यवसायी आबद्ध छन् । मतदान असोज २२ गते हुँदै छ ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  ८ : १० बजे

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी)

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६