६ पुस २०८२, आइतबार | December 21, 2025

युवा उद्योगी सुरज भट्टराईले बुटवल उद्योग वाणिज्य संघको अधिवेशनमा उद्योग उपाध्यक्षमा उम्मेदवारी दिदैैं



बुटवल । असोज १९ गते देखि सुरु हुन लागेको बुटवल उद्योग वाणिज्य संघको अधिवेशनलाई लिएर व्यवसायी बीच विभिन्न अडकल बाजी भइरहेका छन् ।

७० औं साधारण सभा एवं २५ औं अधिबेशनमा यस पटक दिनेश प्रसाद श्रेष्ठ र हरि अर्याल प्यानल बनाएर निर्वाचनमा होमिएका छन् । दुवैले आफ्नो माहोल बनाउन व्यवसायी भेटघाट देखि छलफल गरिरहेका छन् ।

यसैबीच हरि अर्यालको प्यानलबाट औषधि व्यावसायी संघ रुपन्देहीका निवर्तमान अध्यक्ष उद्योगी सुरज भट्टराईले उद्योग उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । व्यवसायी माझ सरल व्यक्तित्वको पहिचान बनाएका भट्टराईले दुई कार्यकाल उद्योग बाणिज्य संघको कार्य समिति पद रहि कार्य सम्पादन गरिसकेका छन् ।

ग्रेस फार्मास्युटिकल्स प्रा।लिका प्रबन्ध निर्देशक रहेका सुरजभट्टराईले व्यवसायीका समस्या बुझेको र त्यसको समधान गर्न आफु योग्य भएकै कारण उद्योग उपाध्यक्षमा उम्मेदवारी दिएको बताए । औषधि व्यवसायी संघ रुप्न्देहीमा अध्यक्ष रहदा संस्थालाई गतिशिल बनाउंदै व्यवसायीक एकता कायम गरेका भट्टराई अन्य विभिन्न संघ संस्थामा रहेर काम गरेका छन् ।

वित्तिय क्षेत्रमा पनि उत्तिकै चासो राख्ने भट्टराई २ हजार भन्दा बढि सदस्य रहेको जनकल्याण सहकारीको अध्यक्ष समेत हुन । व्यवसायीलाई परेका हरेक समस्यामा साथ दिदै आएका भट्टराई उद्योगी व्यवसायी माझ मिलनसार, भद्र, सफल व्यक्तित्व, योजना तर्जुमा गर्न सक्ने सक्षम व्यक्तित्व पहिचान बनाएका छन् ।

‘मैले व्यवसायीका समस्या बुझेर त्यसको समधानको पहल कदमी गर्नेछु । केही नितीगत व्यवसायी मैत्री काम गर्न सरोकारवालामा पुगेर छलफल र संवाद बाट निचोड निकाल्ने छु । त्यसैले पनि उद्योगी व्यवसायीको साथ मलाई चाहिएको छ’ उनले भने ।

औषधि उत्पादकहरुको संस्था एम्पानको केन्द्रीय सल्लाहकार समेत रहेका भट्टराई १२ वर्ष देखि क्रिमशन अस्पताल र क्रिमशन कलेजको सञ्चालक समितिमा छन् । उनले उद्योगको अलवा २८ बर्ष देखि बुटवलमा सनराईज मेडिसिन सप्लार्यस समेत सञ्चालन गरेका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  १० : २५ बजे

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम