१० श्रावण २०८३, आइतबार | July 26, 2026

कांग्रेस सांसद प्रदीप पौडेलको आरोप – सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न सकेन



काठमाडौं। नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले चर्को रुपमा वृद्धि भइरहेको मूल्यवृद्धि सरकारले नियन्त्रण गर्न नसकेको बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले १४ प्रतिशतले मूल्यवृद्धि भइसक्दा पनि सरकारले नियन्त्रणका लागि उपस्थिति नदेखिएको बताए ।

आर्थिक मन्दीका कारण ३५ प्रतिशत सटर बन्द भएको तथ्यांक सार्वजनिक भएको जानकारी दिँदै उनले भने, ‘यति नै बेला उपभोक्तालाई मार पर्ने गरी बजारमा मूल्यवृद्धि भइरहेको छ। १९ सयमा पाइनले चामलको बोरालाई अहिले तीन हजार पर्छ। दाल, चिनीलगायत तरकारीको मूल्य आकासिएको छ। सरकारले मूल्यवृद्धि ७ प्रतिशतमा राख्ने घोषणा गरे पनि आर्थिक वर्ष सुरु भएयता १४ प्रतिशतले मूल्यवृद्धि भइसकेको छ ।’

सबै वस्तुमा मूल्यवृद्धि भएको र यसलाई नियन्त्रण गर्न नसक्दा सरकारप्रतिको भरोसा बढ्न नसकेको भन्दै उनले भने, ‘सबै चिजको मूल्य बढे पनि सरकारप्रतिको भरोसा बढ्न नसकेको स्थिति हो।’

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  २ : ०६ बजे

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै

नेपालको पहिलो आधुनिक नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सोमबार उद्घाटन हुँदै

काठमाडौं । नेपालको पहिलो आधुनिक सडक यातायात सुरुङमार्ग नागढुंगा-सिस्नेखोला सुरुङमार्ग

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ

दाङको राजपुरमा ढिस्कोले पुरिएर किशोरको मृत्यु

दाङ । राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको