१९ बैशाख २०८१, बुधबार | May 2, 2024

एमाले गण्डकी अधिवेशनबाट केपी ‘इतर’ नवराज शर्मा विजयी



पोखरा । नेकपा एमालेको जारी प्रदेश अधिवेशनमा अध्यक्ष केपी ओली निकट तेस्रो उम्मेदवारको पनि पराजय भएको छ । बिहिबार सम्पन्न गण्डकी प्रदेश प्रथम अधिवेशनबाट ओली निर्देशनमा महासचिव शंकर पोखरेल पक्षका मानिएका उम्मेदवारलाई हराउँदै अध्यक्षमा म्याग्दीका नवराज शर्मा निर्वाचित भएका छन् ।

अध्यक्षका अर्का प्रत्यासी लमजुङका मायानाथ अधिकारीलाई पराजित गरेका हुन् । नवराजले ५ सय ३१ प्राप्त गर्दा अधिकारीले ३ सय ६५ मत मात्र प्राप्त गरे ।

नवराजलाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले साथ दिएका थिए भने मायानाथलाई जिताउन महासचिव शंकर पोखरेल देखि स्थायी कमिटी सदस्य खगराज अधिकारी सक्रियरुपमा लागेका थिए ।

उपाध्यक्षमा नवराज प्यानलकै स्याङ्जाका मिनप्रसाद गुरुङ विजयी भएका छन् । गुरुङले ५ सय ३४ र उनका प्रत्यासी नवलपुरका बाबुराम विश्वकर्माले ३ सय ६२ मत प्राप्त गरे ।

सचिवमा लमजुङका धननजय दवाडीले ५ सय २० मत लिएर विजयी भए । सचिवका अर्का उम्मेदवार कास्कीका रश्मि आचार्यले ३ सय ६७ मत प्राप्त गरे ।

उपसचिवमा कास्कीका दामबहादुर विकले ४ सय ९९ मत लिएर निर्वाचित हुँदा उनका प्रत्यासी म्याग्दीका सन्तोष रावलले ३ सय ९७ मत ल्याए । उपसचिव महिलातर्फ पर्वतकी मन्जु अधिकारीले ५ सय ३१ मत लिएर विजयी हुँदा कास्कीकी मिना गुरुङले ३ सय ६५ मत ल्याइन् ।

बिहिवार भएको मतदानमा ८ सय ९६ मत खसेको थियो । ३३ वटा विद्युतिय मेसिनमार्फत मतदान भएको थियो ।

यस अघि लुम्बिनी र कर्णालीमा पनि अध्यक्ष ओलीको आशिर्वाद पाएका उम्मेदवारको पराजय भएको थियो ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ७ : ११ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी