१९ माघ २०८२, सोमबार | February 2, 2026

एमाले गण्डकी अधिवेशनबाट केपी ‘इतर’ नवराज शर्मा विजयी



पोखरा । नेकपा एमालेको जारी प्रदेश अधिवेशनमा अध्यक्ष केपी ओली निकट तेस्रो उम्मेदवारको पनि पराजय भएको छ । बिहिबार सम्पन्न गण्डकी प्रदेश प्रथम अधिवेशनबाट ओली निर्देशनमा महासचिव शंकर पोखरेल पक्षका मानिएका उम्मेदवारलाई हराउँदै अध्यक्षमा म्याग्दीका नवराज शर्मा निर्वाचित भएका छन् ।

अध्यक्षका अर्का प्रत्यासी लमजुङका मायानाथ अधिकारीलाई पराजित गरेका हुन् । नवराजले ५ सय ३१ प्राप्त गर्दा अधिकारीले ३ सय ६५ मत मात्र प्राप्त गरे ।

नवराजलाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले साथ दिएका थिए भने मायानाथलाई जिताउन महासचिव शंकर पोखरेल देखि स्थायी कमिटी सदस्य खगराज अधिकारी सक्रियरुपमा लागेका थिए ।

उपाध्यक्षमा नवराज प्यानलकै स्याङ्जाका मिनप्रसाद गुरुङ विजयी भएका छन् । गुरुङले ५ सय ३४ र उनका प्रत्यासी नवलपुरका बाबुराम विश्वकर्माले ३ सय ६२ मत प्राप्त गरे ।

सचिवमा लमजुङका धननजय दवाडीले ५ सय २० मत लिएर विजयी भए । सचिवका अर्का उम्मेदवार कास्कीका रश्मि आचार्यले ३ सय ६७ मत प्राप्त गरे ।

उपसचिवमा कास्कीका दामबहादुर विकले ४ सय ९९ मत लिएर निर्वाचित हुँदा उनका प्रत्यासी म्याग्दीका सन्तोष रावलले ३ सय ९७ मत ल्याए । उपसचिव महिलातर्फ पर्वतकी मन्जु अधिकारीले ५ सय ३१ मत लिएर विजयी हुँदा कास्कीकी मिना गुरुङले ३ सय ६५ मत ल्याइन् ।

बिहिवार भएको मतदानमा ८ सय ९६ मत खसेको थियो । ३३ वटा विद्युतिय मेसिनमार्फत मतदान भएको थियो ।

यस अघि लुम्बिनी र कर्णालीमा पनि अध्यक्ष ओलीको आशिर्वाद पाएका उम्मेदवारको पराजय भएको थियो ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ७ : ११ बजे

नेकपाको निर्वाचन परिचालन सचिवालय बैठक सम्पन्न, माघ २२ मा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को निर्वाचन परिचालन समितिको

नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । छिमेकी देशमा देखिएको निपाह भाइरसका सङ्क्रमणको जोखिम नेपालमा

जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले निर्वाचन लक्षित कार्यक्रममा

‘क्यासिनो पर्यटनको हब बन्दै भैरहवा बजार’

भैरहवा । रुपन्देहीको सदरमुकाम भैरहवामा पछिल्लो समय क्यासिनो पर्यटनका कारण

साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग भारत पराजित

कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको