३ जेष्ठ २०८१, बिहिबार | May 17, 2024

एकीकृत समाजवादीले जागरण अभियानअन्तर्गत बुटवलमा जनसभा र अन्तर्क्रिया गर्ने



बुटवल । नेकपा एकीकृत समाजवादीले समाजवादी जागरण अभियानअन्तर्गत रुपन्देहीमा विभिन्न कार्यक्रमहरु आयोजना गर्न लागेको जनाएको छ ।

पार्टीले बुटवलमा आज पत्रकार सम्मेलन गरी एकीकृत समाजवादीले असोज २१ गते भैरहवा र २ गते बुटवलमा अन्तक्रिया र जनसभा आयोजना गर्ने जनाएको हो । दुवै कार्यक्रमलाई पार्टी अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाल सहितका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।

एकीकृत समाजवादीले युवा शक्तिको पलायनको समस्या अन्य गरी रोजगारी स्वदेशमा रोजगारी, राष्ट्रिय पूजीको विकास गरी राष्ट्रिय उद्योग स्थापनाको वातावरण, कृषि उत्पादन विक्रिको ग्यारेन्टी सांस्कतिक अतिक्रमणको प्रतिरोध, निशुल्क र गुणस्तरीय शिक्षा, निशुल्क स्वास्थ्य सेवा, राष्ट्रिय एकताको प्रवद्धन र शान्ति सुरक्षाको ग्यारेन्टी, विचारको पुर्नगठन र समाजवादी वैचारीक पार्टी निर्माणको एजेन्डासहित समाजवादी जागरण अभियान चालिएको जनाएको छ ।

असोज १४ गते मेचीदेखि शुरु भएको समाजवादी जागरण अभियान २५ गन महाकाली पुगेर समापन हुँदैछ । अभियानलाई सफल बनाउन पार्टीले सबैपक्षसँग अपील पनि गरेको छ ।

अभियानका क्रममा कोशी र मधेश प्रदेशका विभिन्न जिल्लामा एमाले, कांग्रेस, माओवादीलगायत पार्टीका साढ़े तीन हजार नेता कार्यकताहरू एकीकृत समाजवादी पार्टीमा समाहित भएको सो पार्टीले दाबी गरेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ९ : १२ बजे

पर्यटकीयस्थल रारामा प्लास्टिकजन्य वस्तु छोड्न नपाइने

मुगु । सुन्दर पर्यटकीयस्थल रारा घुम्ने पर्यटकले अब प्लास्टिकजन्य वस्तु

पत्रकार महासंघका पूर्व महासचिव केसीकी आमाको निधनको शोकमा श्रद्धाञ्जली सभा

नेपालगन्ज । नेपाल प्रेस युनियनका नेता, नेपाल पत्रकार महासंघका पूर्व

संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले संसद्‌लाई

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार बिहान बस्ने गरि संसदीय कार्यसमिति

सभामुखका कारण संसदमा अप्रिय अवस्था निम्तियो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेका