५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

भेपमार्फत सुन तस्करी प्रकरण : राहुल महरासहित ४ जना विरुद्ध संगठित अपराध अभियोगमा मुद्दा दायर

साढे सात वर्षको कैद सजाय माग



काठमाडौं । विद्युतीय चुरोट (भेप)मा लुकाई सुन तस्करी गरेको प्रकरणमा राहुल महरासहित चारजनामाथि साढे सात वर्षको कैद सजायँ माग गर्दै मुद्दा दायर भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले गरेको अनुसन्धानको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा महरासहित चार जना विरुद्ध मुद्दा दर्ता गरेको हो ।

पूर्वसभामुख कृष्णबहादुर महराका कान्छाछोरा राहुल बाहेक मुद्दा दर्ता गरिएका अन्य तीन जनामा लोकेन्द्रकुमार पौडेल, बेल्जियन नागरिक दावा छिरिङ र निमा छिरिङ रहेका छन् । तीन जना प्रहरीको नियन्त्रणमा रहेपनि निमा छिरिङ भने फरार छन् ।

प्रहरीले रेशम महरा भनिने राहुल महरा लगायतका व्यक्तिहरुलाई भन्सार ऐन, २०६४ को दफा ५७ अनुसारको कसुरमा ३ देखि ५ वर्षसम्मको कैद माग गरेको छ । यसैगरी संगठित अपराधको कसुरमा त्यसको ५० प्रतिशत गरी अधिकतम साढे ७ वर्षको कैद सजायको मागदावी गरेको छ ।
यसैगरी बेल्जियन नागरिक दाओजिन वाङलाई भने आपराधिक विश्वासघात, भन्सार ऐन र संगठित अपराधमा मुद्दा चलाएको छ ।

भेपमार्फत सुन तस्करी प्रकरणमा ८ करोड रुपैयाँभन्दा बढीको बिगो कायम गरिएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ११ : ३० बजे

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११