११ श्रावण २०८३, सोमबार | July 27, 2026

पाँच प्रदेशमा नेकपा एकीकृत समाजवादीको अभियान सम्पन्न



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पाँच प्रदेशमा समाजवाद जागरण अभियान सम्पन्न गरेको छ । पार्टीले काँकडभिट्टाबाट सुरु गरेको सो अभियान कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सम्पन्न गरेको हो । यही असोज १४ गतेदेखि सुरु भएको अभियान २९ गतेसम्म सञ्चालन हुने भएको छ । पार्टीका नीति सिद्धान्त र कार्यदिशाबारे जनतालाई बुझाउन अभियान गरिएको पार्टीका महासचिव घनश्याम भुसालले जानकारी दिए ।

सो अभियानअन्तर्गत देशको राजनीतिक परिस्थिति, भ्रष्टाचार, बेथितिको अवस्था र गरिबी न्यूनीकरणका लागि पार्टीको योजनाबारे जनतामा जागरण फैलाइनाका साथै जनताको घरदैलोमा पुगेर आर्थिक, राजनीतिक र सामाजिक सुरक्षाका विषयमा सुझाव सङ्कलन गरिएको छ । पूँजीवादको विकल्पमा समाजवाद कार्यान्वयनमा जोड दिएको अभियानले जनताका सुझाव सङ्कलन गरी क्रान्तिकारी समाजवादी नीति निर्माणमा गर्नेछ ।

जनताका समस्या समाधानका लागि पार्टीका वैचारिक नीति तथा राजनीतिक दृष्टिकोण आधारभूत तहसम्म स्थापित गर्न थालिएको सो अभियानका लागि विभिन्न सभा तथा सम्मेलन गरिएका छन् । काँकडभिट्टा, बिर्तामोड, दमक, उर्लाबारी, विराटचोक, इँटहरी, इनरुवा, भारदह, राजविराजको चिन्नमस्त, अर्नाह, भगवानपुर, सिरहा सदरमुकाम, बन्दीपुर र जदुकुहा, जलेश्वर, ढल्केबर, बर्दीबास, लालबन्दी, गरुडा, हर्नैया, कलैया र वीरगञ्ज, हेटौंँडा, चितवन, कावासोती, बर्दघाट, बुटवल, भैरहवा, कपिलवस्तु, दाङ, कोहलपुरलगायत स्थानमा ठूला सभा सम्पन्न भएका छ्न् ।

विभिन्न पार्टी परित्याग गरी करिब चार हजारभन्दा बढी नेता तथा कार्यकर्ता सो पार्टीमा प्रवेश गरेको पार्टीको प्रचार विभागले जनाएको छ । पार्टीका शीर्ष नेताहरुले सम्बोधन गरेको सो अभियानमा कार्यकर्ता भेला, पत्रकार सम्मेलन, अन्तरक्रिया, कोणसभा तथा ठूला आमसभासमेत गरिएका छन् । यही असोज २९ गते सुर्खेतमा सम्पन्न हुने एकीकृत समाजवादीले जनाएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  १ : ५० बजे

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौं । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको

साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले ओरालो, ६ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्ने सुविधा दिने