४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

खजुराबाट ब्राउनसुगरको कारोबार गरिरहेको अवस्थामा १४ वर्षीय किशोर सहित ४ जना पक्राउ



खजुरा । बाँकेमा १४ वर्षीय किशोर समेत लागु औषध सेवन तथा ओसारपसरारमा प्रयोग भएको फेला परेको छ । आज बाँके प्रहरीले १४ वर्षीय किशोर सहित चार जनालाई लागु औषध ब्राउनसुगरसहित पक्राउ गरेसँगै लागु औषध कारोबारमा नाबालिक प्रयोग हुने गरेको फेला परेको हो ।

इलाका प्रहरी कार्यालय, धनौली खजुराको टोलीले खजुरा गाउँपालिका वडा नं. ६, सिमलघारीबाट १४ वर्षीय किशोर सहित अन्य ३ जनाबाट २ ग्राम ६५० मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ । नाबालक किशोर र २० वर्षीय कालु सुनारबाट सय मिलिग्राम ब्राउनसुगर तथा सिमलघारीबाटै २३ वर्षीय मनोज बस्याल र २४ वर्षीय बादल नेपालीबाट दुई ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर बरामद भएको इलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ ।

लागु औषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी त्यहाँ पुग्दा लागु औषध सहित किशोर सहितका युवाहरु ब्राउन सुगर सहित फेला परेको इलाका प्रहरी कार्यालय धर्नालीका प्रमुख अशोक मल्लले जानकारी दिए ।

पछिल्लो समय बाँकेका बालक र किशोर लागु औषध र चोरीमा बढी फेला समातिने गरेका छन् । लागु औषधको लतमा लागेकाहरु चोरीमा संलग्न भएको पाइने गरेको प्रहरी तथ्याँकले देखाएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ९ : ४५ बजे

डिटीएमएक्स-९७७ च्याम्पियनसिप सिरिज फिनालेः डर्टबाइक रेसिङको टिकटिङ आइएमई पेबाट

काठमाडौं । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको

कोशीमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं । कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ

नेपाली कांग्रेस सत्ता बिना बस्नै सकेन : महासचिव पोखरेल

नेपालगन्ज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस

सत्ता गठबन्धनभित्रै बाट आयो संसदीय छानबिन गठन गर्नु पर्ने आवाज

काठमाडौं । सत्ता गठबन्धन भित्रका एमाले र माओवादीले कांग्रेसको माग

मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना

बुटवल । बुटवल उपमहानगरपालिकाले २ वटा मासुपसललाई जरिवाना गरेको छ