४ पुस २०८२, शुक्रबार | December 19, 2025

पहिचानवादी र दुर्गा प्रसाईंका कार्यकर्ताद्वारा झापामा महेश बस्नेतको गाडी तोडफोड



काठमाडौं । झापाको अर्जुनधारामा एमाले नेताकार्यकर्ताको गाडी तोडफोड भएको छ । एमाले नेता महेश बस्नेत सहभागी कार्यक्रममा उपस्थित भएकाहरूको गाडी फोडफोड भएको हो ।

नेता बस्नेत सहभागी एक कार्यक्रम बिथोल्न गएका पहिचानवादी पक्षधर र दुर्गा प्रसाईंका कार्यकर्ता तोडफोडमा उत्रिएका हुन् ।

एमाले नेताकार्यकर्ताले पार्किङमा राखेका सवारी साधन तोडफोड गरिएको छ । तोडफोडबाट सात वटा गाडीमा क्षति पुगेको छ । तोडफोडमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सोमबार काठमाडौंको कान्तिपथमा आफूमाथि कालोमोसोसहित आक्रमण भएपछि व्यवसायी दुर्गा प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा युवा संघका कार्यकर्ताले घटना घटाएको दाबी गरेका थिए ।

उक्त घटना पछि प्रसाईंले भनेका थिए, ‘हजुरबा केपी ओली र कमरेड महेश बस्नेत लगायत सम्पूर्ण एमाले तथा राष्ट्रिय युवा संघलाई धन्यवाद छ । तपाईंहरुले दिनुभएको पैँचो नेपाली जनताले छिट्टै फिर्ता गर्नेछ ।’

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ५ : १९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको