९ जेष्ठ २०८३, शनिबार | May 23, 2026

पहिचानवादी र दुर्गा प्रसाईंका कार्यकर्ताद्वारा झापामा महेश बस्नेतको गाडी तोडफोड



काठमाडौं । झापाको अर्जुनधारामा एमाले नेताकार्यकर्ताको गाडी तोडफोड भएको छ । एमाले नेता महेश बस्नेत सहभागी कार्यक्रममा उपस्थित भएकाहरूको गाडी फोडफोड भएको हो ।

नेता बस्नेत सहभागी एक कार्यक्रम बिथोल्न गएका पहिचानवादी पक्षधर र दुर्गा प्रसाईंका कार्यकर्ता तोडफोडमा उत्रिएका हुन् ।

एमाले नेताकार्यकर्ताले पार्किङमा राखेका सवारी साधन तोडफोड गरिएको छ । तोडफोडबाट सात वटा गाडीमा क्षति पुगेको छ । तोडफोडमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सोमबार काठमाडौंको कान्तिपथमा आफूमाथि कालोमोसोसहित आक्रमण भएपछि व्यवसायी दुर्गा प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा युवा संघका कार्यकर्ताले घटना घटाएको दाबी गरेका थिए ।

उक्त घटना पछि प्रसाईंले भनेका थिए, ‘हजुरबा केपी ओली र कमरेड महेश बस्नेत लगायत सम्पूर्ण एमाले तथा राष्ट्रिय युवा संघलाई धन्यवाद छ । तपाईंहरुले दिनुभएको पैँचो नेपाली जनताले छिट्टै फिर्ता गर्नेछ ।’

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ५ : १९ बजे

नारायणहिटी सङ्ग्रहालयभित्रको सभाहल र चमेनागृह सञ्चालन भएन

काठमाडौं । नारायणहिटी दरबार सङ्ग्रहालय विकास समिति परिसरभित्रको गणतन्त्र स्मारक

पश्चिम नेपालका छ जिल्लामा अत्यधिक गर्मीको सम्भावना

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि

पाँचथरको याङवरकमा बाढीपहिरोका कारण सडक, झोलुङ्गे पुल र जलविद्युत्मा क्षति

पाँचथर । अविरल वर्षापछि गए राति आएको बाढीपहिरोले पाँचथरको याङवरक

जङ्गी अड्डामा पूर्वरथीहरुसँग अन्तरक्रिया

काठमाडौं । जङ्गी अड्डामा अवकाश प्राप्त रथीहरुसँग अन्तरक्रिया एवं भेटघाट

केपिलासगढीमा ‘मह सिकार महोत्सव’

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले आयोजना गरेको भीर मौरीको मह