३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

रुपन्देही व्यापार संघमा शुभकामना आदानप्रदान सम्पन्न



बुटवल । रुपन्देही व्यापार संघले हिन्दुहरुको महान चाड वडादशै, तिहार, छठ तथा नेपाल सम्बत–२०८० को अवसरमा विहिवार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
संघको सभाहलमा आयोजित कार्यक्रममा आउदै गरेका चाडहरुले सबै नेपालीहरुमा शुख शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका कामना व्यक्त गर्दै सबैमा शुभकामना आदानप्रदान गरिएको थियो ।

संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेको अध्यक्षता, संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीको प्रमुख आतित्यथामा भएको कार्यक्रमको सञ्चालन संघका सचिव फर्सुराम पन्थले गरेका थिए ।

उक्त अवसरमा बोल्दै प्रमुख अतिथि ज्ञवालीले विभिन्न कारणले व्यापार व्यवसायमा धेरै समस्याहरु देखिएको र नीजि क्षेत्रले विषम परिश्थितीको सामना गर्नु परेकोमा आगामी दिनमा त्यसमा सुधारको अपेक्षा व्यक्त गरे । उनले समस्याकावीच पनि हामीहरु आफ्ना चाडपर्वलाई रमाएर एवं खुशी साटासाट गर्न सक्ने क्षमता भएको बताउदै समस्यासंग भागेर नभई धैर्यताका साथ सामना गर्न आग्रह गरे ।

संघका सल्लाहाकार तथा मणिमुकुन्द उद्यानका अध्यक्ष माधव नेपालले हाम्रा चाडहरुले सबैमा खुशीयाली ल्याउने बातावरण तयार गर्ने विश्वास व्यक्त गर्दै सुख शान्ति र उत्तरोत्तर प्रगति प्रदान गरोश भन्दै शुभकामना व्यक्त गरे ।

संघका अध्यक्ष घिमिरेले संघले व्यवसायीक क्षेत्रमा देखापरेका समस्यामा व्यवसायीहरुसंग सधै साथमा रहने बताउदै संघले आगामी पुष महिनामा बुटवल पण्डपमा आयोजना गर्न लागेको लुम्बिनी एक्सपोलाई सफल पार्न योजनावद्ध रुपमा लाग्न अनुरोध गरेका थिए ।

कार्यक्रममा संघका निर्वतमान अध्यक्ष यमलाल लोहनी, पूर्व अध्यक्षहरु मोतीलाल पाण्डे, पदमप्रसाद श्रेष्ठ लगायत बोल्दै वडा दशै, तिहार लगायतका पर्वहरुले सबै नेपालीहरुमा सुख शान्ति र उत्तरोत्तर प्रगति प्रदान गरोस भन्दै शुभकामना व्यक्त गरे ।

कार्यक्रममा संघका पूर्व अध्यक्षहरु, सल्लाहाकार, कार्यसमितिका पदाधिकारी सदस्यहरु, वस्तुगत समितिका संयोजक तथा सदस्यहरु, उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा धन्यवाद ज्ञापन संघका प्रथम उपाध्यक्ष प्रकाश ढकालले गरेका थिए ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ६ : ४६ बजे

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी)

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विधान संशोधन

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा