२३ भदौ २०८३, मंगलबार | September 8, 2026

खजुरामा स्कुल बस दुर्घटना, एकजना विद्यार्थीको मृत्यु



खजुरा । बाँकेको खजुरामा स्कुल बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । खजुरा स्थित दीपक बोर्डिङ स्कुलको स्कुल बस दुर्घटना हुँदा एकजना बिद्यार्थीको मृत्यु भएको हो ।

स्कुलको ना ४ ख ६५१ नम्बरको बस पुलबाट तल खस्दा ११ वर्षीय बिद्यार्थी जितु नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाम परि २५ जना घाइते भएका छन् ।

बिद्यालय बन्द भएपछि बिद्यार्थी पु¥याउन खजुराबाट सिमलघारी तर्फ जाँदै गरेको बस खजुरा ५ जेठान नाला नजिकै दुर्घना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका बिद्यार्थीहरुको उद्दार गरि खजुराको सुशिल कोइराला क्यान्सर अस्पताल पठाईँदै गरेको इलाका प्रहरी कार्यालय खजुराका इन्चार्ज प्रहरी निरीक्षक अशोक मल्लले बताए ।

घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ४ : ०२ बजे

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

पाखरा । पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ देखि सुरु

चीनले चौँथोपटक पठायो रसुवा बाढीपिडीतका लागि राहत सामग्री

काठमाडौँ। चीनले रसुवा बाढीपिडीतका लागि चौँथोपटक राहत सामग्री पठाएको छ

ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ

काठमाडौ । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला, पाँच हजार ३२६ जना सम्पर्कविहीन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी

पहिरोमा छात्र पुनको मृत्यु

तुलसीपुर । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीको पहिरोमा परी