१५ बैशाख २०८२, सोमबार | April 28, 2025

एसीसी यू-१९ प्रिमियर कप : नेपालले साउदी अरबसँग प्रतिस्पर्धा गर्दै



काठमाडौं । आज नेपाल र साउदी अरब बिचमा प्रतिस्पर्धा हुदैँछ । मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कपमा नेपालले आज साउदी अरेबियासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

सो खेल युएसडी-युकेएम ओभल खेल मैदानमा हुनेछ । सो खेल नेपाली समय अनुसार बिहान सवा ७ बजे सुरु हुदैँछ । यस खेलको विजेता सेमिफाइनल पुग्ने भएकोले नेपाल र साउदी अरब दुबैका लागि ‘मर या गर’ झै अवस्थामा मैदानमा उत्रने छन ।

समूह ए मा रहेको नेपाल र साउदी दुवैले यसअघि इरान र बहराइनलाई हराउँदै दुई-दुई खेल जितिसकेका छन । समान ४ अंक भए पनि नेट रन रेटका आधारमा नेपाल भने साउदी अरब भन्दा माथी अर्थात शिर्ष स्थानमा रहेको छ ।

यस खेलको विजेता सेमिफाइनल पुग्नेछ र यू-१९ एसिया कपको लागि एक स्टेप नजिक पुग्ने छ । देव खनालको कप्तानीमा नेपाली टोली लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको बेला तेस्रो खेलमा जीत हासिल गरेर सेमिफाइनल पुग्ने विश्वास लिइएको छ ।

 

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  ७ : ५४ बजे

नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको हो : पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको

आईपीओको यात्रामा पैचो पसल, एनआईसी क्यापिटलसँग सम्झौता

काठमाडौ । एनआईसी एशिया क्यापिटल र पैचो पसलबीच भविष्यमा पैचो

निजी मेडिकल कलेजले माघ २५ देखिकै निर्वाह भत्ता दिनुपर्ने चिकित्सा शिक्षा आयोगको निर्णय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको चिकित्सा

प्रचण्डद्वारा बर्दियाका सहिद तथा बेपत्ता परिवारसँग अन्तरक्रिया

बर्दिया । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

शिक्षकका मागबारे प्रतिपक्षी दलहरूले संसदमा ल्याए जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौं । शिक्षकको मागप्रति सरकार गम्भीर नभएको जिकिर गदैै प्रतिपक्षी