२२ भदौ २०८३, सोमबार | September 7, 2026

एसीसी यू-१९ प्रिमियर : उपाधिका लागि आज नेपाल युएईसँग खेल्दै



काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ मेन्स प्रिमियर कपको उपाधिका लागि आज नेपाल युएईसँग खेल्दै छ ।

सेमिफाइनलमा जापानलाई डकवर्थ लेविस नियम अनुसार १४३ रनले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको थियो । उता, युएईले पनि सिंगापुरलाई सोही नियम अनुसार १० विकेटले पराजित गरेको थियो । पानी परेपछि उक्त नियम लगाइएको थियो ।

जारी प्रतियोगिताको फाइनलमा पुगेसँगै एसिया कप यू-१९ मा भने दुवै टिमले स्थान पक्का गरिसकेका छन् । आजको विजेताले ट्रफी जित्ने छ । नेपाली टिम अहिले यू-१९ विश्वकपमा छनोट भएकाले यो प्रतियोगिता अभ्यासका रुपमा उत्कृष्ट रहेको छ ।

जारी प्रतियोगितामा नेपाली टिमले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । नेपालका कप्तान देब खनाल, अर्जुन कुमालको प्रदर्शन उत्कृष्ट रहेको छ । यस्तै, युएईविरुद्ध विश्वकप छनोटको खेलमा नेपालले ७ रनको जित निकालेको थियो ।

त्यतिबेला दीपेश कँडेलले लगातार ३ विकेट लिएर नेपाललाई विश्वकपको टिकट कटाएका थिए । त्यतिबेलाको बदला लिन पनि युएईले जित्न निकै प्रयास गर्ने भएकाले फाइनल खेल साँच्चै फाइनलजस्तै हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  ५ : ४६ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा