६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

काठमाडौं उपत्यकामा आज सशस्त्र र नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्ने



काठमाडौं । विजयादशमीको दिन आज नेपाल प्रहरीले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा दिने भएको छ । सर्वसाधारणको सहजताका लागि उपत्यकामा दुई वटा रुटमा प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको हो ।

बिहान साढे ८ बजेदेखि अपराह्न ४ बजेसम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । रुट नम्बर १ मा रहेको बसले नक्साल, बालुवाटार, टिचिङ अस्पताल, चक्रपथ, नयाँबसपार्क, बालाजु, स्वयम्भु, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक हुँदै जय नेपाल हलसम्म परिक्रमा गर्ने प्रहरी प्रवक्ता कडायतले जानकारी दिए ।

त्यस्तै, रुट नम्बर २ को बस नक्साल, रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सुर्यविनायक, चाबहिल, सुकेरधारा, चक्रपथ, टिचिङ हुँदै बालुवाटारसम्म पुग्नेछ।

यसअघि सशस्त्र प्रहरीले पनि टीकाको दिन उपत्यकामा निःशुल्क बस सेवा दिने घोषणा गरिसकेको छ । बा १ ग २५९१ नम्बरको बसले नेपाल प्रहरी प्रधान कार्यालय नक्शालबाट बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, नयाँ बसपार्क, बालाजु, स्वयम्भु, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, कृष्णपाउरोटी, जय नेपाल हुँदै पुनःनक्शालसम्म निःशुल्क सेवा दिनेछ ।

अर्को बा १ ग २६०८ नम्बरको बसले नेपाल प्रहरी प्रधान कार्यालय नक्शालबाट रातोपुल, गौशाला, एअरपोर्ट, कोटेश्वर, नयाँ ठिमी, सल्लाघारी, सूर्यबिनायक चोकबाट सोही रुट फिर्ता भएर कोटेश्वर, गौशाला, चाबहिल, सुकेधारा, महाराजगञ्ज, शिक्षण अस्पताल, बालुवाटार हुँदै पुनः नक्शालसम्म निस्शुल्क सेवा सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  ७ : ४१ बजे

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए

ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक

काठमाडौं । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज

ओझेलमा पर्यटकीय रुडुबन्चु पाटन

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका-१० मा पर्ने पर्यटकीयस्थल पाटन रुडुबन्चु

इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु

गाजापट्टी । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई

कार्यदलमा अझै जुटेन सहमति

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन