१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

काठमाडौं उपत्यकामा आज सशस्त्र र नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्ने



काठमाडौं । विजयादशमीको दिन आज नेपाल प्रहरीले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा दिने भएको छ । सर्वसाधारणको सहजताका लागि उपत्यकामा दुई वटा रुटमा प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको हो ।

बिहान साढे ८ बजेदेखि अपराह्न ४ बजेसम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । रुट नम्बर १ मा रहेको बसले नक्साल, बालुवाटार, टिचिङ अस्पताल, चक्रपथ, नयाँबसपार्क, बालाजु, स्वयम्भु, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक हुँदै जय नेपाल हलसम्म परिक्रमा गर्ने प्रहरी प्रवक्ता कडायतले जानकारी दिए ।

त्यस्तै, रुट नम्बर २ को बस नक्साल, रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सुर्यविनायक, चाबहिल, सुकेरधारा, चक्रपथ, टिचिङ हुँदै बालुवाटारसम्म पुग्नेछ।

यसअघि सशस्त्र प्रहरीले पनि टीकाको दिन उपत्यकामा निःशुल्क बस सेवा दिने घोषणा गरिसकेको छ । बा १ ग २५९१ नम्बरको बसले नेपाल प्रहरी प्रधान कार्यालय नक्शालबाट बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, नयाँ बसपार्क, बालाजु, स्वयम्भु, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, कृष्णपाउरोटी, जय नेपाल हुँदै पुनःनक्शालसम्म निःशुल्क सेवा दिनेछ ।

अर्को बा १ ग २६०८ नम्बरको बसले नेपाल प्रहरी प्रधान कार्यालय नक्शालबाट रातोपुल, गौशाला, एअरपोर्ट, कोटेश्वर, नयाँ ठिमी, सल्लाघारी, सूर्यबिनायक चोकबाट सोही रुट फिर्ता भएर कोटेश्वर, गौशाला, चाबहिल, सुकेधारा, महाराजगञ्ज, शिक्षण अस्पताल, बालुवाटार हुँदै पुनः नक्शालसम्म निस्शुल्क सेवा सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  ७ : ४१ बजे

गत आर्थिक वर्षमा बजेट खर्च ८० प्रतिशत मात्र, राजस्व असुली ८३ प्रतिशत

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा सरकारको आम्दानी र

सुनको मूल्य प्रतितोला तीन हजार १०० ले घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

श्रीलंकामा प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रधानमन्त्री शाहले आज जुत्ता व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न पेसा र व्यावसायिका संस्था

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई