५ श्रावण २०८३, मंगलबार | July 21, 2026

यसरी मनाए कलाकारले दशैँ



काठमाडौं । विजया दशमी कलाकारले धुमधामले मनाएका छन् । अभिभाबकबाट बडादशैँको टीका ग्रहण गरिएका तस्वीरहरु कलाकारहरुले सामाजिक सञ्जालमार्फत सार्वजनिक पनि गरेका छन् ।

हास्य कलाकार हरिवंश आचार्यले पत्नी, छोरा र बुहारीलाई टीका लर्गादिए । उनले सामाजिक सञ्जालमार्फत टीकाको तस्बीर सार्वजनिक गर्दै आपसी सद्भाव बढाउने पर्वको रूपमा वडादशैँलाई लिइएको बताए । दशैँ लगत्तै ‘महाजात्रा’ को छायाङ्कनमा जानुपर्ने भएकाले पनि दशैँलाई आफन्तसँगको भेटघाटको रुपमा मनाईरहेको उनले जानकारी दिए ।

यसैगरी अभिनेता अनमोल केसीले पिता तथा अभिनेता भुवन केसीको हातबाट टीका र जमरा लगाएका छन । सपरिवार टीका ग्रहण गरेको जानकारी गराउदै उनले दशैँ लगत्तै ‘फर्की फर्की’ नामक चलचित्रमा काम गर्ने बताए ।

यो दशैँ अभिनेता तथा मोडल पल शाहका लागि पनि महत्वको भएको छ । उनले अघिल्लो वर्ष टीका लगाउन नपाइएका कारण यो वर्षको दशैँ परिवारसँग बसेर मनाइरहेको बताए ।

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, अभिनेता तथा निर्देशक निर्मल शर्मा, अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता जितु नेपालले पनि आफ्ना मान्यजनबाट टीका ग्रहण गरेका छन । अभिनेत्री वर्षा राउतले पनि आफ्ना पति तथा अभिनेता सन्जोग कोइरालासँग सिन्धुली पुगेर टीका ग्रहण गरेका छन ।

यस्तै आमाबाट टीका र जमरा ग्रहण गरेका हास्य कलाकार शिवशङ्कर रिजालले भने, “तराई गएर अन्य मान्यजनबाट पनि टीका ग्रहण गर्नेछु । मेरो दशैँ तराई र काठमाडौंमा बराबर हुँदै आएको छ ।” यसैगरी अभिनेता सलिनमान बनियाँ, अभिनेत्री स्वेता खड्का र ऋचा शर्मा, अभिनेता रवीन्द्रसिंह बानियाँले पनि आफ्ना मान्यजनबाट टीका ग्रहण गरेका छन ।

अभिनेता खगेन्द्र लामिछानेले आफूद्वारा निर्मित तथा लिखित चलचित्र ‘पशुपति प्रसाद-२ : भष्मे डन’ प्रदर्शनरत रहेकाले काठमाडौं उपत्यकाको विभिन्न चलचित्र भवनमा पुगेर दर्शक भेट्ने जानकारी दिए । “यो पटक स्याङ्जास्थिचत घर जान नपाए पनि दर्शकसँग साक्षात्कार गर्दै दशैँ मनाईरहेको छु”, उनले भने ।
दशैँलाई एकता, भ्रातृत्व र प्रेमको रूपमा लिइने गरिएका कारण सबै आफन्तजन एकै स्थानमा भेला भएर टीका लगाउने गरिएको कलाकारहरूले जानकारी गराए ।

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  ८ : ११ बजे

राधिका दासी र मायाघरबीच बढ्यो विवाद, रकम बुझाउन माग

झापा । मायाघर इटहरीकी अध्यक्ष सुभद्रा प्याकुरेलले मायाघरको नाममा सहयोग

कृषिमन्त्री चौधरी र निर्देशक हुआ याङबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घको

साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न

कीर्तिपुरमा पार्किङमा राखिएको कारमा आगलागी, एकजनाको जलेको शव फेला

काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित ट्यांग्लाफाँटमा पार्किङमा राखिएको एउटा निजी कारमा

प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनवाई साउन १२ र १३ गते हुने

काठमाडौं । निर्वाचन आयोगको भावी कार्यकालका लागि प्रस्तावित प्रमुख निर्वाचन