३ जेष्ठ २०८१, बिहिबार | May 17, 2024

कम्बोडियाको टेलिकममा ओलीको लगानी छैन, राजावादीले भ्रम छरे : एमाले महासचिव पोखरेल



काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विभिन्न हिसाबले लाञ्छित गर्ने काम भइरहेको बताएका छन् । बुधबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले राजावादीहरू कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको बताएका हुन् ।

पोखरेलले ओलीमाथि भइरहेको प्रहार राष्ट्र र जनताको भविष्यमाथिकै प्रहार भएको पनि टिप्पणी गरेका छन् । उनले सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य व्यक्ति केपी शर्मा ओली नै भएको दाबी पनि गरेका छन् ।

‘पहिले माओवादीहरू जाउलाखेलको टेलिकमको नयाँ भवनको फोटो राखेर केपी ओलीको घर भन्दै जनतामा भ्रम छर्ने गर्थे, अहिले राजावादीहरू कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको देखिन्छ,’ पोखरेलले लेखेका छन्, ‘वैचारिक र राजनीतिक रूपमा स्खलित भएकाहरूको हतियार नै भ्रम सिर्जना गर्नु हो । नेपालमा सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य देखिएको व्यक्तिको प्रहार राष्ट्र र जनताको भविष्य माथिको प्रहार हो । भ्रममा नपरौँ, यस्ताखाले षडयन्त्र विरुद्ध गम्भीर बनौँ ।’

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  ८ : ४३ बजे

पर्यटकीयस्थल रारामा प्लास्टिकजन्य वस्तु छोड्न नपाइने

मुगु । सुन्दर पर्यटकीयस्थल रारा घुम्ने पर्यटकले अब प्लास्टिकजन्य वस्तु

पत्रकार महासंघका पूर्व महासचिव केसीकी आमाको निधनको शोकमा श्रद्धाञ्जली सभा

नेपालगन्ज । नेपाल प्रेस युनियनका नेता, नेपाल पत्रकार महासंघका पूर्व

संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले संसद्‌लाई

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार बिहान बस्ने गरि संसदीय कार्यसमिति

सभामुखका कारण संसदमा अप्रिय अवस्था निम्तियो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेका