५ चैत्र २०८२, बिहिबार | March 19, 2026

आज दुर्गा भवानीको मूर्ति नदीमा सेलाइँदै, दुर्घटनाबाट जोगाउन गोताखोर सहितको उद्धार टोली परिचालन

आज दिनभरीका लागि सीमानाका बन्द



नेपालगन्ज । नवरात्रको घटस्थापनादेखि स्थापना गरिएको दुर्गा भवानीको मूर्ति (प्रतिमा) आज नदीमा सेलाइँदैछ । बाँके जिल्लाका शहर तथा ग्रामीण क्षेत्रमा स्थापना गरिएको दुर्गा मूर्तिलाई राप्ती नदी, मानखोला र कर्णालीमा लगेर सेलाउने गरिन्छ ।

ट्रक, ट्राली लगायत विभिन्न सवारी साधनमा मूर्तिलाई राखेर लावा लस्करका साथ, बाजागाजासँगै बैण्ड बाजा बजाएर नाँचगान गर्दै (जय मातादी) को नारा लगाउँदै मूर्ति सेलाइने गरिएको दुर्गा पुजा समिति फुल्टेक्राका अध्यक्ष चन्देश्वरराज त्रिपाठीले बताए ।

मूर्ति सेलाउने क्रममा भक्तजनका लागि प्रसाद वितरण, भजन कीर्तन समेत गरिन्छ । घटस्थापनाको दिनदेखि स्थापना गरिएको दुर्गाको मूर्ति नौ दिनसम्म विशेष पुजापाठ गरी दसैँको भोलीपल्ट अर्थात आज सेलाउने परम्परा रहेको दुर्गा मूर्तिका पुजारी पण्डित शिवप्रसाद पाठकले बताए ।

उनकाअनुसार मूर्तिमा विशेष गरी नौ दिनसम्म दुर्गा सप्तशतीको पाठ गर्ने गरिन्छ । नवमीका दिन विशेष पुर्णाहुति गरी पूजापाठ सकिन्छ । आजको कार्यक्रम सौहार्दपूर्ण र सामाजिक सद्भावको वातावरणलाई सुदृढ बनाउन विशेष सुरक्षा व्यवस्था मिलाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिएका छन् ।

दुर्गा मूर्ति विसर्जन ¥याली निस्कने भएकाले ¥यालीलाई सभ्य, शान्त, अनुशासित एवम् मर्यादित बनाउन आज बिहान ८ बजेदेखि राती १२ बजेसम्मका लागि बाँके जिल्ल भरि मदिराजन्य पदार्थको ओसारपसार, बिक्री वितरण तथा उपभोग निषेध गरिएको छ ।

दुर्गा भवानीको मूर्ति विसर्जन ¥यालीअत्यन्तै मर्यादित, अनुशासित, शान्तएवम् शौम्य तुल्याउन साँझ ५ बजे अघि नै मूर्ति विसर्जन सक्न स्थानीय प्रशासनले अनुरोध गरेको छ । बाँके जिल्लामा करिब ६०० दुर्गा मूर्ति रहेका छन् । नेपालगन्जमा मात्र ५६ वटा मूर्ति पुजाका लागि स्थापना गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

विसर्जनका क्रममा हुन सक्ने दुर्घटनाको जोखिम न्युनिकरणका लागि प्रशासनले सिधनिया घाटमा उद्वार टोलि खटाएको छ । अगैयामा समेत गोताखोर सहितको टोलि छिट्टै परिचालन गरिने प्रजिअ पोखरेलले बताए ।

आज दिनभरीका लागि सीमानाका बन्द
हिन्दु धर्मावलम्वीहरुले दसैंमा स्थापना गरेका दुर्गा मूर्तिहरु धार्मिक र्याली गर्दै सेलाउन नदीतर्फ लैजाने कार्य भइरहेको हुँदा सुरक्षा सतर्कता अपनाउनका लागि आज एकदिनका लागि जमुनाहा नाका बन्द गरिएको छ ।

सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सीमा पारीका सुरक्षा अधिकारीहरुसँगको सल्लाह र समन्वयमा आज राति ८ बजेसम्मका लागि उक्त नाका बन्द गरिएको बाँकेका प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए ।

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  २ : ०६ बजे

बुटवलमा चैत्र ७ गते नेपाली राजनितीको परिदृष्य बारे बहस हुँदै

बुटवल । चिन्तन अभियान नेपाल रुपन्देहीले नेपाली राजनितीको परिदृष्य बारे

बुटवलमा ‘मिष्टर रामापिथेकस’ शारीरिक सुगठन प्रतियोगिता हुँदै

बुटवल । बुटवलमा ‘मिष्टर रामापिथेकस’ राष्ट्रव्यापी शारीरिक सुगठन तथा महिला

कैलालीमा श्रीमतीको गोली हानी हत्या, श्रीमान् घाइते

धनगढी । कैलाली मा एक युवकले आफ्नै श्रीमतीको गोली हानी

‘पार्स ग्याँस फिल्ड’मा आक्रमणपछि इरानको जवाफी हमला, कतारको ठूलो पेट्रोलियम प्लान्टमा क्षति

विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्रसँग जोडिएको इरानको साउथ पार्समा

तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय अस्पताल

दाङ । यहाँको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन