५ चैत्र २०८२, बिहिबार | March 19, 2026

दुर्गा मूर्ति बिसर्जन गर्दा बेपत्ता युवकको शव फेला



लुम्बिनी । दुर्गा मूर्ति बिसर्जनका क्रममा नदीमा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ । रुपन्देहीको मर्चवारमा गत मङ्गलबार दुर्गा मूर्ति बिसर्जन गर्न गएका तीनमध्ये दुई जनाको ज्यान गएको थियो भने एकजना बेपत्ता भएका थिए ।

रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर १ र ५ को सिमानामा रहेको तिनाउ र दानव नदी सीमाको मुहानमा डुबेर कोटहीमाई– १ का २० वर्षीय युवा सन्तकुमार राजभर बेपत्ता भएका थिए । राजभरको शव आज भेटिएको हो । सो दुर्घटनामा परेर स्थानिय २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभरको मृत्यु भएको थियो ।

सो स्थानका स्थानीयले स्थापना गरेको दुर्गा मूर्ति बिसर्जन गर्न बडादसैँका दिन ती युवा सो नदी किनारमा पुगेका थिए ।खोजीका क्रममा आज अपरान्ह घटनास्थलबाट केही तल तैरिएको अवस्था शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक राजेश बस्नेतले जानकारी दिए । रासस

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहिबार  ३ : २१ बजे

बुटवलमा चैत्र ७ गते नेपाली राजनितीको परिदृष्य बारे बहस हुँदै

बुटवल । चिन्तन अभियान नेपाल रुपन्देहीले नेपाली राजनितीको परिदृष्य बारे

बुटवलमा ‘मिष्टर रामापिथेकस’ शारीरिक सुगठन प्रतियोगिता हुँदै

बुटवल । बुटवलमा ‘मिष्टर रामापिथेकस’ राष्ट्रव्यापी शारीरिक सुगठन तथा महिला

कैलालीमा श्रीमतीको गोली हानी हत्या, श्रीमान् घाइते

धनगढी । कैलाली मा एक युवकले आफ्नै श्रीमतीको गोली हानी

‘पार्स ग्याँस फिल्ड’मा आक्रमणपछि इरानको जवाफी हमला, कतारको ठूलो पेट्रोलियम प्लान्टमा क्षति

विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्रसँग जोडिएको इरानको साउथ पार्समा

तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय अस्पताल

दाङ । यहाँको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन