२४ भदौ २०८३, बुधबार | September 10, 2026

पूर्व राजालाई गाली गर्नुको साटो राम्रो गरेर देखाउन दलहरुलाई लिङदेनको चुनौती



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन आज साँझ अमेरिका भ्रमणमा गएका छन् ।

अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाको निमन्त्रणामा त्यसतर्फ प्रस्थान गरेका हुन् । अमेरिकाको विभिन्न राज्यमा हुने भ्रमणका क्रममा अध्यक्ष लिङ्देनले टेक्सासको ड्यालसमा हुने पानस अमेरिकाको तेस्रो राष्ट्रिय अधिवेशनको समुद्घाटन र सम्बोधन गर्ने कार्यक्रम छ ।

राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार अध्यक्ष लिङ्देनको अमेरिकामा मोमो महोत्सवमा प्रमुख आतिथ्यता ग्रहण गर्नेछन् । नेपालीहरूसँग भेटघाट एवं अन्तरक्रिया गर्ने पनि उनको कार्यक्रम रहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले व्यवस्था बदलिए पनि अवस्था उही रहेका कारण जनतामा निराशा बढेको बताए ।

लिङ्देनले पूर्व राजालाई गाली गर्नुको साटो राम्रो गरेर देखाउन दलहरुलाई चुनौती दिए । उनले २५० वर्षको इतिहास भएको तत्कालीन राजाले श्रीपेच र राजदण्ड हाँसीहाँसी जिम्मा लगाएर देशमै बसेको पनि बताए । त्यसरी बसेका पूर्व राजाले देशको विग्रिदो अवस्थाप्रति चिन्ता व्यक्त गर्दा गाली गर्नुको साटो राम्रो काम गरेर देखाउन उनले दलहरूलाई चुनौती दिए ।

दसैँ, तिहार, छठ सकिएपछि केन्द्रीय समितिको बैठक बस्ने र त्यसले जनदबाबका थप कार्यक्रम सार्वजनिक गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहिबार  ८ : ४३ बजे

दिवंगत आमाको स्मृतिमा अक्षयकोष

नेपालगन्ज । क्यान्सर रोगबाट अल्पआयु मै दिवंगत भएकी विष्णादेवी जैसीको

एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवासको अवलोकन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको