७ श्रावण २०८३, बिहिबार | July 23, 2026

ईसेवाको कर्मचारी भएको भन्दै ठगी गर्ने पाँच पक्राउ



काठमाडौं । ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका–५ बस्ने २६ वर्षीय नवनितकुमार कुसवाहा, रौतहट गौर नगरपालिका–५ बस्ने २१ वर्षीय कन्हैयाकुमार कुसवाहा, रौतहट गढिमाइ नगरपालिका–६ बस्ने १९ वर्षीय दीपेन्द्रकुमार यादव, गौर नगरपालिका–५ बस्ने २० वर्षीय अभयकुमार यादव र गौर नगरपालिका–५ बस्ने २१ वर्षीय रितेश कुसवाहा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकाहरुले पीडितहरुलाई विभिन्न मोबाइल नम्बरबाट फोन सम्पर्क गरी आफू ईसेवाको आधिकारीक कर्मचारी हुँ भन्दै ईसेवाको आइडी, बैङक खातासँग लिङकअप गराई खाता नविकरण, केवाइसी फारम अपडेट, सिष्टम भेरिफाई आदि गराई ठग्ने गरेको पाइएको छ ।

उनीहरुले सर्वसाधारणको खातामा भएको रकम विभिन्न बैङ्क खाता तथा वालेटहरुमा ट्रान्सफरलगायत भुक्तानीसमेत गरी १८ जनाबाट रु १५ लाखभन्दा बढी रकम ठगी गरेको खुल्न आएको प्रवक्ता रेग्मीले बताए । यस ठगीमा संलग्न उनीहरुलाई रौतहट जिल्लाका विभिन्न स्थानबाट जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा पक्राउ गरी ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आज काठमाडौँ जिल्ला प्रहरी परिसर, टेकु पठाइएको उनले बताए ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ७ : ५८ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी