१५ बैशाख २०८१, शनिबार | April 28, 2024

पेन्टर र सरसफाइकर्मीमा सिसाको मात्रा बढी : स्वास्थ्य मन्त्रालय



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रङ्रोगन गर्ने पेन्टरको रगतमा लेड (सिसा) अत्यधिक मात्रामा पाइएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले अध्ययनले सरसफाइ र रङ्रोगन गर्ने पेन्टरको रगतमा लेड (सिसा) बढी भएको देखाएको बताए । उनका अनुसार बालबालिका, प्रजनन समूहका वयष्क मानिस, केही आयुर्वेदिक औषधि सेवन गर्ने बिरामीमा पनि रगतमा लेड (सिसा) पाइएको छ । सिसा एक प्रकारको रसायन हो जुन सजिलै नपग्लने र मानिसको शरीरमा नपच्ने खालको हुन्छ ।

मानिसलाई आवश्यकभन्दा बढी सिसा रहेको अध्ययनले देखाएको उहाँले बताए । रङ्रोगन (पेन्टर्स), सौन्दर्यका साधन (लिपिस्टिक, काजल), रङ्गीचङ्गी खेलौना, चाउचाउ र केही दर्ता नगरिएका आयुर्वेदिक औषधीमा लेड (सिसा) पाइने गरेको उनले जानकारी दिए । लेडको विषाक्तताबाट जोगिन मन्त्रालयले सबैलाई अनुरोध गरेको छ ।

सरकारले लेड (सिसा) को विषबाट बच्नका लागि जनचेतना जगाउन सचेतना सप्ताह मनाएको छ । सिसा बिजुलीको तेल, श्रृङ्गारका सामाग्री तथा घर रङ्गाउने पेन्टमा प्रयोग गरिन्छ । यस्तै आयुर्वेदिक औषधि भन्दै झोल औषधिमा पनि बढी सिसा पाइने गरेको मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले जानकारी दिए ।

लेड (सिसा) को विषबाट मानिसलाई मस्तिष्क, स्नायु र मानिसको व्यवहारमा असामान्य बनाउने गर्दछ । यसैगरी सिकाई र सुनाईमा पनि मन्द विकास गराउँछ । सिसाको मात्रा शरीरमा बढी भएको अवस्थामा बच्चा र युवालाई पेट दुख्ने, खान मन नलाग्ने, मानसिक विकास रोकिने, कब्जियत हुने, रक्तअल्पता, झनक्क रिसाउने, मिर्गौला बिग्रने, एकान्त बस्ने जस्ता लक्षण देखिने गर्दछ ।

्विश्व स्वास्थ्य सङ्गठनले मानव स्वास्थ्यका लागि १० विषाक्त रसायनमध्ये एक रसायन सिसा हो भनेको छ । सरकारले रङको मात्रा ९० पिपिभन्दा कम हुनुपर्दछ भनेर मापदण्ड बनाएपनि अनुगमन नहुँदा बढी मात्रा सिसाको प्रयोग हुने गरेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ९ : ५० बजे

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म