१८ माघ २०८२, आइतबार | February 1, 2026

सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा नेपालको २५ औं वार्षिकोत्सवको तयारी पुरा

थप २०० शैया अस्पताल भवनको शिलान्यास प्रधानमन्त्री प्रचण्डले बिहीबार गर्ने



बुटवल । सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा नेपालको २५ औं वार्षिकोत्सवको तयारी पुरा भएको छ । विहिबार बिहान १० बजे अस्पतालको वार्षिकत्सवको अवसरमा थप २०० शैया भवनको शिलान्यास तथा शैक्षिक कार्यक्रमको सुभारम्भ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका हुन ।

बुधबार वार्षिकोत्सवको तयारीबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले वार्षिकोत्सवको सम्पुर्ण तयारी पूरा भएको बताए । बोल्दै प्रमुख पाण्डेयले हाल १०० शैयाको क्षमतामा संचालित अस्पतालमा बिरामीहरुको चाप र आवश्यकतालाई मध्यनजर गरी ३०० शैयाको अस्पतालमा स्तरोन्नति गर्नका लागि जेठमा ६ सदस्यीय टोलिले जापान भ्रमण गरेको नजिता स्वरुप थप २०० शैया अस्पताल भवन निर्माणको वातावरण बनेको बताए ।

अस्पतालमा आमा सुरक्षा कार्यक्रम यसै वर्षदेखि संचालन हुने गरि नगरपालिकाबाट बजेट विनियोजित भएको नगर प्रमुख पाण्डेयले बताए । अस्पतालले आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत यसै शैक्षिक सत्रदेखि प्रमाणपत्र तह नर्सिग, सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी गरी तीन वटा विषयको शैक्षिक कार्यक्रम संचालन गर्न लागेको अस्पतालका मेसु राजेन्द्र प्रसाद बस्यालले बताए ।

३ वटा विषयमा ४०-४० जनाका दरले १२० जना विद्यार्थीहरुले यस वर्ष अध्ययन गर्न पाउने मेसु बस्यालले बताए । साथै अध्ययन शुल्क अन्यमा भन्दा २० प्रतिशत कम रहेको बताए । अस्पतालबाट आर्थिक वर्ष २०७९/८० मा ७० हजार ४८६ जनाले सेवा लिएको मेसु बस्यालले बताए । यस्तै पछिल्लो दशक आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७९/८० सम्म ६ लाख २१ हजार ९४२ जना विरामीले अस्पतालबाट सेवा प्राप्त गरेको बताए ।

कार्यक्रममा आम्दा नेपालका अध्यक्ष अनिल कुमार दास, मुख्य प्रशासक सुरेस रेग्मीले सरोकारवालाको सुझावअनुसार अस्पतालको सेवा थप गुणस्तरीय र सर्वसुलभ बनाउंदै जाने बताए ।

वि.स. २०५५ कार्तिक १६ मा आम्दा नेपाल, बुटवल उपमहानगरपालिका तथा बुटवल उद्योग वाणिज्य संघ बीच त्रि–पक्षीय समझदारी भई ५० शैयाबाट अस्पतालको सुरुवात भएको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ११ : ३४ बजे

ल्याण्डमार्क स्पेल-बी च्याम्पियनसिपको उपाधि कान्ति माविलाई

बुटवल । ल्याण्डमार्क एजुकेशन कन्सलटेन्सीले आफ्नो २६ औँ स्थापना दिवसको

मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र

चितवन । पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए

भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले भेनेजुएलाको तेल किन्नका

बाँकेमा निर्वाचन आचासंहिता पालनामा कडाइ

नेपालगन्ज । निर्वाचन आचारसंहिता पालना गर्न बाँकेमा कडाइका साथ निगरानी

तल्लो सेती जलविद्युत् आयोजना : पहुँच सडक निर्माण सुरु

दमौली । तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको १२६ मेगावाट