९ फाल्गुन २०८०, बुधबार | February 21, 2024

राष्ट्रसङ्घका महासचिव गुटेरेसको सुरक्षार्थ अन्नपूर्ण बेसक्याम्प पुगेका असईको लेक लागेर मृत्यु



गण्डकी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षार्थ अन्नपूर्ण आधार शिविरमा खटिएका प्रहरी सहायक निरीक्षक टीकाराम ढुङ्गानाको लेक लागेर मुत्यु भएको छ ।

आधार शिविरबाट फर्कने क्रममा स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत आज बिहान पोखरामा ल्याइएकामा ९ः४० बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

हेलिकप्टरमार्फत गत आइतबार आधार शिविर पुगेका ढुङ्गानालाई पैदल फर्कने क्रममा श्वासप्रश्वासमा समस्या देखिएको जनाइएको छ । उनी कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा रहेको प्रहरीचौकीमा कार्यरत थिए ।

महासचिव गुटेरेस मङ्गलबार बिहान अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका थिए । गुटेरेसको सुरक्षामा नेपाली सेना र नेपाल प्रहरीको टोली खटिएको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  १२ : २९ बजे

विश्वकप लिग-२ : नामिबियाविरुद्ध नेपाल ब्याटिङमा, टिममा एक परिवर्तन

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र

बस्ती संरक्षणका लागि कालीगण्डकीमा तटबन्ध

बागलुङ । बागलुङ नगरपालिका-१ स्थित मालढुङ्गा क्षेत्रको बस्ती कालीगण्डकी नदीको

वन सुरक्षा टोलीले बन्दुक पड्काएर नियन्त्रणमा लियो अवैध काठ

रौतहट । रौतहटस्थित सशस्त्र वन सुरक्षा गस्ती टोलीले विशेष सक्रियता

बारामा बुलेरो र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

बारा । बाराको पथलैयामा बुधबार बिहान भएको सवारी दुर्घटनामा परी

माङसेवुङमा एकैपटक चारवटा सिँचाइ आयोजना थालिए

इलाम । इलामको माङसेबुङ गाउँपालिकामा रु दुई करोड ३३ लाख