२८ माघ २०८२, बुधबार | February 11, 2026

भूकम्प पीडितको सहयोगार्थ एकीकृत समाजवादीबाट राहत कोष स्थापना



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले भूकम्प पीडितलाई आर्थिक सहयोग उपलब्ध गराउन कोष स्थापना गरेको छ ।

पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको आकस्मिक बैठकले देश विदेशमा रहेका पार्टीमा आबद्ध सबै नेता तथा कार्यकर्तालाई कोषमा सहयोग गर्न आग्रह गरेको महासचिव घनश्याम भुसालले जानकारी दिए ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गए राति गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बैठकले पीडितलाई गाँस, बास, कपास, पुनःस्थापना गरी आवश्यक आर्थिक सहयोग उपलब्ध गराउनका साथै आवश्यक स्वास्थ्य उपचारको व्यवस्थापन गर्न सरकारसग माग गरेको छ ।

कर्णाली प्रदेशका सबै तहका कमिटीलाई पीडितलाई उद्धार कार्यमा सरकारलाई आवश्यक सहयोग गर्न निर्देशन दिएको बैठकले पार्टीमा सङ्कलन हुने सबै प्रकारका सहयोग तथा राहत व्यवस्थापन गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई जिम्मेवारी प्रदान गरेको छ । नगद तथा जिन्सी सामग्रीको सङ्कलन तथा समन्वयका लागि जीवनराम श्रेष्ठ र केदार सञ्जेललाई जिम्मेवारी तोकेको छ ।

गएराति जाजरकोट केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी हालसम्म एक सय ५७ जनाको ज्यान गएको छ भने सयौँको सङ्ख्यामा घाइते भएका छन्

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ९ : २२ बजे

सल्यानमा पिकअप जिप भीरबाट खस्दा चालकको मृत्यु, आमा-छोरीसहित तीन घाइते

सल्यान । सल्यानको कपुरकोट गाउँपालिका-३ चोरखोला नजिक पिकअप जिप दुर्घटना

बागलुङ-१ मा कांग्रेस, एमाले र राजमोबीच कडा प्रतिस्पर्धा हुने

गलकोट । विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर

भारतमा कडा आईटी नियम : तीन घण्टाभित्रै गैरकानुनी कन्टेन्ट हटाउनुपर्ने

काठमाडौं । भारत सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई लक्षित गर्दै कडा

आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

काठमाडौं । सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने

प्रधानमन्त्री कार्कीले राष्ट्रियसभामा चलचित्र विधेयक पेस गर्ने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालेकी