३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

दुर्घटना न्युनिकरणको विषयमा कलम चलाउने बुटवलका पत्रकारहरु संगठित



बुटवल । बुटवलबाट दुर्घटना न्युनिकरणको विषयमा कलम चलाउने पत्रकारहरुको साझा संस्था मिडिया एक्सन फर रोड सेफटीले नयाँ कार्यसमिति चयन गरेको छ । पत्रकारहरुको एक विशेष भेलाले पत्रकार स्वस्तिक श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय समिति चयन गरेको हो ।

सुरक्षित यात्रा अभियान नेपालका महासचिव दिनेश पाण्डेको प्रमुख आतिथ्यतामा बसेको भेलाबाट संस्थाको सचिवमा डिबि सुस्लिङ तथा सदस्यहरु दिनेश श्रेष्ठ, प्रकाश आचार्य, ललित पाण्डे, कृष्ण खनाल, माधव पौडेल, तेजेन्द्र केसी, कपिल ज्ञवाली, विष्णु घिमिरे, हरिलाल बश्याल, रमेश पराजुली, अस्मिना पाण्डे, साबी अर्याल सर्वसम्मत चयन भएका छन । यसैगरि संस्थाको सल्लाहकारमा वरिष्ठ पत्रकार शरण कर्माचार्य, भगवती पाण्डे, विश्वास ढकाल मनोनीत गरिएको छ ।

नवनिर्वाचित संयोजक श्रेष्ठले सडक सुरक्षा र सचेतनाको विषयमा सरोकारवाला संस्थाहरुसंग सहकार्य गरि लुम्बिनी प्रदेशमा नै दुर्घटना रोक्ने अभियान चलाउने बताए । सोही संस्थाका अगुवाईमा मंसिरको पहिलो साता बुटवलमा बृहद कार्यक्रम हुने भएको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ९ : २१ बजे

यसवर्षका हज यात्रीलाई नेपालगन्जबाट विदाई, यस्तो छ हजको महत्व

नेपालगन्ज । यसवर्ष हज गर्न जाने बाँकेका हज यात्रीलाई बुधबार

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने

काठमाडौं ।राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ

तराईको गर्मीमा पनि लटरम्म स्याउ

कैलाली । तराईको प्रचण्ड गर्मीमा स्याउ फल्यो भनेको सुन्दा अचम्म

रुसी राष्ट्रपति पुटिन चीन भ्रमणमा

बेइजिङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय