५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

विवादित टिकटकर शान्ति बराल माओवादीबाट निस्काशित



बुटवल । नेकपा (माओवादी केन्द्र) कि नेतृ तथा विवादित टिकटकर शान्ति बराललाई माओवादी केन्द्रले साधारण सदस्यता समेत नरहने गरि निस्काशन गरेको छ । पार्टी अनुशासन उल्लङ्घन गरेको अभियोगमा बराललाई माओवादीले निस्काशन गरेको हो ।

माओवादी केन्द्रको सैनामैना नगर समितिले बराललाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिनुका साथै सदस्यता समेत खारेज गरेको माओवादी केन्द्र रुपन्देहीका संयोजक नारायण जीसी निर्मलले पुष्टि गरे ।

उनी सैनामैना नगर समिति सदस्य तथा वाइसिएलकी नेतृसमेत थिइन् । चर्चित टिकटकर रहेकी बरालले पछिल्लो समय अश्लील गतिविधि देखाउन थालेपछि उनको आलोचना भएको थियो ।

बरालले पार्टीको साङ्गठनिक जिम्मेवारी, आम नेपालीको सामाजिकरसांस्कृतिक व्यवहारका विरूद्ध सामाजिक सञ्जालमा प्रस्तुत भएकाले निलम्बन गरिएको निर्मलले बताए ।

बरालको पछिल्लो टिकटक लाईभमा उनले देखाएको अस्लिल हर्कतलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले चर्को आलोचना गरेका थिए । बरालले भने एआई प्रबिधि प्रयोग गरेर आफुलाई बदनाम गराएको बताउँदै आएकी थिइन् ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ७ : ०९ बजे

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध

भरतपुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया