२३ भदौ २०८३, मंगलबार | September 8, 2026

विवादित टिकटकर शान्ति बराल माओवादीबाट निस्काशित



बुटवल । नेकपा (माओवादी केन्द्र) कि नेतृ तथा विवादित टिकटकर शान्ति बराललाई माओवादी केन्द्रले साधारण सदस्यता समेत नरहने गरि निस्काशन गरेको छ । पार्टी अनुशासन उल्लङ्घन गरेको अभियोगमा बराललाई माओवादीले निस्काशन गरेको हो ।

माओवादी केन्द्रको सैनामैना नगर समितिले बराललाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिनुका साथै सदस्यता समेत खारेज गरेको माओवादी केन्द्र रुपन्देहीका संयोजक नारायण जीसी निर्मलले पुष्टि गरे ।

उनी सैनामैना नगर समिति सदस्य तथा वाइसिएलकी नेतृसमेत थिइन् । चर्चित टिकटकर रहेकी बरालले पछिल्लो समय अश्लील गतिविधि देखाउन थालेपछि उनको आलोचना भएको थियो ।

बरालले पार्टीको साङ्गठनिक जिम्मेवारी, आम नेपालीको सामाजिकरसांस्कृतिक व्यवहारका विरूद्ध सामाजिक सञ्जालमा प्रस्तुत भएकाले निलम्बन गरिएको निर्मलले बताए ।

बरालको पछिल्लो टिकटक लाईभमा उनले देखाएको अस्लिल हर्कतलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले चर्को आलोचना गरेका थिए । बरालले भने एआई प्रबिधि प्रयोग गरेर आफुलाई बदनाम गराएको बताउँदै आएकी थिइन् ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ७ : ०९ बजे

‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार तथा मातहतका निकायविरुद्ध अदालतमा दायर

तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्का

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका