१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

किन टिक्दैनन् स्थानीयतहमा प्रमुख प्रशासकिय अधिकृत ? खजुरामा ६ वर्षमा ८ अधिकृत



खजुरा । स्थानीयतहमा प्रमुख प्रशासकिय अधिकृत टिक्न नसकेपछि जनताको दिनदिनको कामकारवाहीमा समस्या आउने गरेको छ । राज्यले पञ्जिकरणको समेत अधिकार दिएको प्रमुख प्रशासकिय अधिकृतहरु टिकाउन नसक्दा नागरिकको दिनानुदिनका कामहरु पेण्डिङमा रहने तथा गौरवका योजनाहरु अधुरो रहने गरेको छ ।

केही स्थानहरुमा प्रमुख प्रशासकिय अधिकृत नटिक्नुको कारण जनप्रतिनिधि र कर्मचारीबीच स्वार्थ नमिल्नु रहेपनि अधिकांस स्थानमा जनप्रतिनिधिले गैरकानुनी निर्णयहरुमा राष्ट्रसेवक कर्मचारीलाई दवाव दिएर हस्ताक्षर गर्न लगाउनु देखिएको छ । सुशासनको राम्रो जानकारी नलिएका वा सामान्य लेखपढ मात्र रहेका ब्यक्तिहरु राजनीतिका आडमा जनप्रतिनिधिकारुपमा निर्वाचित भएपछि उनीहरुले नियम, कानुन, कार्यबिधि बाहिर गएर कर्मचारीहरुलाई निर्णय गर्न दवाव दिने गरेपछि अधिकृतहरु सरुवा मागेर हिँड्ने गरेका छन् ।

निर्वाचनमा बांडेका आश्वासन पुरा गर्ने नाममा ऐनले नदिएको निर्णयमा हस्ताक्षर गर्न दवाव दिएपछि त्यस्ता स्थानीय तहका प्रशासकिय अधिकृतहरु आफै सरुवा मिलाएर अन्यत्र जाने गरेका छन् । कतिपय स्थानमा भने अधिकृत र जनप्रतिनिधिबीच राजनीतिक स्वार्थ नमिलेका कारण कर्मचारीहरु नटिक्ने गरेको पनि पाइएको छ । योग्यता र आवश्यकता भन्दा पार्टी निकट कर्मचारी संगठनको सिफरिसमा सरुवा मिलाएर स्थानीय तहमा गएका त्यस्ता अधिकृतहरु जनप्रतिनिधिसँग स्वार्थ नमिलेपछि पुनः संगठन गुहारेर फिर्ता हुने गरेका छन् ।

बाँकेको खजुरा गाँउपालिकामा मात्र ६ वर्षको स्थानीयतहको अवधिमा ८ जना प्रमुख प्रशासकिय अधिकृतहरु फेरिएका छन् । सरुवा भएर आएका मध्य २ जना बाहेक कसैले १ वर्ष पुरा गरेका छैनन् । खजुरा गाँउपालिकामा बमबहादुर केसी र मनिराम खराल बाहेक सबै प्रशासकिय अधिकृतहरु १ वर्ष भन्दा कम पालिकामा बसेका छन् ।

स्थानीयतहको निर्वाचनबाट पहिलो जनप्रतिनिधि निर्वाचित भएर पहिलो अधिकृतकारुपमा खजुरामा आएका बिरेन्द्रबहादुर माझी हाजिर भएको ७ दिनमा सरुवा मागेर गएका थिए । त्यसपछि आएका बाबुराम नेपाली ७ महिना, सुरेन्द्र प्रसाद श्रेष्ठ १० महिना पालिकामा टिकेका थिए । २०७५ सालमा हाजिर भएका बमबहादुर केसी अघिल्लो कार्यकाल २ वर्ष टिकेपनि २०७८ मा पुनः सरुवा भएर आउँदा ५ महिनामा नै खजुरा छाडेर हिँडेका थिए ।

२०७९ को स्थानीय निर्वाचनबाट निर्वाचित नयाँ जनप्रतिनिधिसँग पनि खजुरामा प्रशासकिय अधिकृत नटिक्ने देखिएको छ । २०७९ साउनमा हाजिर भएका नृपराज उपाध्याय ६ महिना बिताएर सरुवा भएका थिए भने त्यस यता आएका अर्जुन सुबेदी ७ महिना पुरा भएर ८ महिना नपुग्दै सरुवा मागेर खजुरा छाडेका छन् । वर्तमान अध्यक्ष डम्बर बिक तुफानले राजनीतिक सन्तुलन मिलाएर ल्याइएका भनिएका सुबेदी ८ महिना नपुग्दै खजुरा छाड्नुको कारण अध्यक्षको गैरकानुनी दवाव भएको पालिका स्रोतले दाबी गरेको छ । अध्यक्षले ऐन र कानुन बिपरित निर्णय गर्न लगाउने र अनावश्यक गैरकानुनी कर्मचारी भर्र्ती गर्न दवाव दिएपछि सुबेदी दवाव खेप्न नसकेर सरुवा मिलाएर गएको स्रोतले भन्यो ।

निर्वाचित भएलगत्तै अनावश्यक करार कर्मचारी हटाउन खोज्दा अदालतबाट पुनर्वाहाली भएपछि अदालत प्रति गुनासो गर्दै आएका अध्यक्ष बिकले पछिल्लो समय आफ्ना कार्यकर्तालाई करारमा नियुक्त गर्न दवाव दिएको खुलासा भएको थियो । सुबेदीसँग ८ महिनामा खजुरा छाडेको सम्बन्धमा बुझ्न सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

सुबेदी गएपछि पालिकामा कार्यरत लेखा अधिकृत प्रदीप सुनारलाई कार्यबाहक प्रशासकिय अधिकृत बनाइएको छ । अधिकृत नटिक्ने कारणका सम्बन्धमा बुझ्न मोबाइलमा फोन गर्दा खजुराका अध्यक्ष बिकले पनि मोबाइल उठाएनन् ।

खजुराबाटै छोटो समय बसेर सरुवा भएका एक प्रशासकिय अधिकृतले नाम नछाप्ने सर्तमा अनावश्यक दवाव र गैरकानुनी कामको साछी बस्न नसकिएकै कारण सुरुवा मिलाएको खजुरा छाड्नु परेको बताए ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  १ : ४४ बजे

संसद्को संयुक्त बैठक आज, सभामुख परामर्शमा व्यस्त

काठमाडौं । आज राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्का दुवै सदनको

नीति तथा कार्यक्रमलाई अवरोध नगर्न कांग्रेस नेताहरुलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेताहरुसँग छलफल

एकीकृत समाजवादीको केन्द्रीय समितीको बैठक आजदेखि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक

‘कान्स फिल्म फेस्टिभल’मा सहभागी हुन बालेन फ्रान्स प्रस्थान

काठमाडौं । कान्स फिल्म फेस्टिभलमा भाग लिन काठमाडौं महानगरपालिकाका प्रमुख

दिगो विकासका लक्ष्य प्राप्तिमा स्वीडेनले सघाउने

काठमाडौं । स्वीडेनले दिगो विकासका लक्ष्य प्राप्तिका निम्ति नेपाललाई सघाउने