१४ जेष्ठ २०८३, बिहिबार | May 28, 2026

लक्ष्मीपूजाको राती बाँकेको ३ स्थानमा आगलागी



नेपालगन्ज । दीपावलीको अवसरमा असवाधानी अपनाउँदा बाँकेको ३ स्थानमा आगलागी भएको छ । लक्ष्मीपूजाको लागि जलाइएको दियोबाट आगो सल्केर बाँकेको खजुरा र बैजापुरका २ पसलमा आगलागी भएको छ भने नेपालगन्जको एक पसलमा विद्युत सर्ट भएर आगलागी भएको छ ।

नेपालगन्जको घरबारीटोलमा गएराति आगलागी भएको प्रहरीले जानकारी दिएको छ । घरबारीटोलस्थित सौगात इलेक्ट्रो हबमा आगलागी भएको हो ।

ध्रुब दाहालले संचालन गर्दै आएको उक्त पसलको सटर बन्द अवस्थामा रहेको हुँदा बिजुलीको तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीबाट पसल पूर्णरूपमा क्षति भएको छ । दुईवटा दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो ।

आजै राती बाँकेको राप्तीसोनारी स्थित बैजापुरको एउटा पसलमा आगलागी भएको छ । राप्तीसोनारी ४ बैजापुरमा स्थानीय दयानन्द थारुले संचालन गरेको पसलमा आलागी हुँदा पसलमा रहेको समान नष्ट भएको बाँके प्रहरीले जानकारी दिएको छ ।

गएराति मात्र बाँकेको खजुरामा लक्ष्मीपूजाका लागि जलाइएको दियोबाट सल्केर विष्णु बर्माले संचालन गरेको बर्मा हार्डवेयर पसलमा आगलागी भएको थियो ।

आगलागीबाट मानविय र पशु चौपायाको भने क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ८ : ०० बजे

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी

नेपालमा ‘क्यान्सर’को औषधिमा प्रयोग गरिने कच्चा पदार्थ उत्पादन : निर्यात समेत थालनी

चितवन । जायोडिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पनि पूरा नहुने

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण

आज मुस्लिम समुदायले इद-उल-अजाहा पर्व मनाउँदै

काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इद-उल-अजाहा)

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा