९ श्रावण २०८३, शनिबार | July 25, 2026

गाजा र मध्य पूर्वमा शान्ति पुनर्स्थापना’मा सहयोग गर्न चीन तयार



काठमाडौं । चीनले मुस्लिम कूटनीतिज्ञहरूलाई ’मध्य पूर्वमा शान्ति पुनर्स्थापना’मा सहयोग गर्न तयार रहेको बताएको छ ।

चीनका विदेशमन्त्री वाङ यीले मुस्लिम अधिकारीहरूको एक प्रतिनिधिमण्डललाई बेइजिङ ‘मध्यपूर्वमा शान्ति पुनर्स्थापना’ गर्न मद्दत गर्न इच्छुक रहेको बताएका छन्।

सोमबार अरब र मुस्लिम बहुल राष्ट्रका कूटनीतिज्ञहरूलाई भेट्न आएका कूटनीतिज्ञहरूलाई वाङले भने, ‘गाजाको अवस्थालाई चाँडै समाधान गर्र्न र मध्यपूर्वमा जतिसक्दो चाँडो शान्ति स्थापना गर्न मिलेर काम गरौं ।’

गाजामा मानवीय प्रकोप देखापरेको बताउँदै वाङले भने, ‘विश्वभरका सबै देशहरूलाई असर गर्छ, सही र गलत र मानवताको तल्लो रेखाको मानवीय भावनामाथि प्रश्न उठाउँछ ।’

साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदले इजरायललाई रोक्नको लागि अन्तर्राष्ट्रिय समुदायले जिम्मेवारी वहन गर्नुपर्ने बताए ।

साउदी अरेबिया, जोर्डन, इजिप्ट, इन्डोनेसिया, प्यालेस्टाइन र इस्लामिक सहयोग संगठनका अधिकारीहरू गाजामा लडाइँ अन्त्य गर्न र यस क्षेत्रमा थप मानवीय सहायता पु¥याउन आह्वान गर्ने भ्रमणको एक भागको रूपमा चीनमा छन्।

 

संयुक्त राष्ट्र सुरक्षा परिषद्का स्थायी सदस्यहरूका अधिकारीहरूसँग भेट्ने योजना बनाएको प्रतिनिधिमण्डलले गाजामा इजरायलको सैन्य अभियानलाई आत्मरक्षाको रूपमा अस्वीकार गर्न पश्चिमी देशहरूमा दबाब बढाउन खोजिरहेको छ।

 

यस महिनाको सुरुमा साउदी अरेबियाले आयोजना गरेको अरब–इस्लामिक शिखर सम्मेलनले गाजाको घेराबन्दी अन्त्य गर्न, मानवीय सहायतामा पहुँच र इजरायललाई हतियार बिक्री रोक्न माग गर्दै गाजा पट्टीमा इजरायली आक्रमण, युद्ध अपराध र बर्बरताको निन्दा गरेको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  १२ : १३ बजे

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कर्णाली । मुगुको कार्मारोङमा गाउँपालिका-५ पुलु बजारमा गएको ढुङ्गासहितको पहिरोमा

विद्यार्थी आन्दोलनले झुकायो भारत सरकारलाई, शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

काठमाडौं। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने बेला आएको छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

काठमाडौं । पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति

घुससहित भुमिगत जलस्रोत सर्लाहीकी प्रमुख ढकाल र अधिकृत चौधरी पक्राउ

सर्लाही । भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन