२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

टिकटक बन्द गर्ने निर्णयविरुद्धका रिट ‘हेर्न नभ्याइने’मा



काठमाडौं । टिकटकमा प्रतिबन्ध लगाउने सरकारी निर्णयविरुद्ध परेका रिट ‘हेर्न नभ्याइने’मा परेको छ ।

सरकारले टिकटकमा प्रतिबन्द लगाउने निर्णय गरेपछि सर्वोच्च अदालतमा गत शुक्रबार १० वटा रिट परेका थिए । उक्त रिटमाथि  सोमबार सुनुवाइ गर्न पेसी तोकिएको थियो ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासमा पेसी तोकिएको थियो । तर, न्यायाधीश डा कुमार चुडाल संयुक्त इजलासमा व्यस्त भएकाले एकल इजलासमा बस्न नभ्याउने भएपछि सो रिट निवेदनमाथिको सुनुवाई हेर्न नभ्याउने सूचीमा परेका हुन् ।

सरकारको टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु अनन्तराज लुइटेल, सुनिलरञ्जन सिंह, भद्रप्रसाद नेपाल, अञ्जन धिताल, यज्ञमणि न्यौपाने, रामकृष्ण बञ्जरा, प्रेमराज सिलवाल, त्रिलोकबहादुर चन्द र कानुनका विद्यार्थी परशुराम पाण्डेले रिट दायर गरेका छन् ।

गत २७ कात्तिकमा मन्त्रिपरिषद् बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  २ : २९ बजे

बाढीपहिरोले देशका विभिन्न स्थानका सडक अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा

बाजुरा पहिरो अपडेट : बेपत्ता र घाइतेको पहिचान खुल्यो

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा पहिरोमा परी बेपत्ता भएका

खनिज क्षेत्रको राजस्व सङ्कलन खस्कियो

काठमाडौं । खानी तथा भूगर्भ विभागले खनिज पदार्थको उत्खनन, उत्पादन

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवन । चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र छ

नेपाल-चीन सम्बन्ध सात दशकमा बृहत् साझेदारीमा विस्तार

काठमाडौं । परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल ‘एक चीन सिद्धान्तप्रति’ दृढ