१० श्रावण २०८३, आइतबार | July 26, 2026

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा



काठमाडौं । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको सर्वोच्च अदालतमा परेको रिट निवेदनमा आज पेसी तोकिएको भए पनि सुनुवाइ नहुने भएको छ । न्यायाधीशद्वय सुस्मालता माथेमा र विनोद शर्माको इजलासमा पेसी तोकिएको भए पनि उक्त मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा परेको हो ।

न्यायाधीश विनोद शर्माको एकल इजलासले यही मङ्सिर ५ गते प्रारम्भिक सुनुवाइ गर्दै दश दिनभित्र कारण देखाउ आदेश जारी आजका लागि पेसी तोकेको थियो । अदालतले उक्त विवादमा यही मङ्सिर १५ गतेभित्र लिखित जवाफ माग गरीे यही मङ्सिर १९ गते सुनुवाइका लागि पेसी तोक्ने आदेश गरेको थियो ।

टिकटक प्रतिबन्धको विरोधमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १४ जनाले छुट्टाछुट्टै रिट निवेदन दायर गर्नुभएको थियो । सरकारले गत कात्तिक २७ गते सामाजिक सद्भावमा खलल पुगेको उल्लेख गर्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियोे ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ३ : १४ बजे

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले

एमबीएस प्रश्नपत्र लीक प्रकरण : सिआइबीले सार्वजनिक गर्‍यो मुख्य आरोपीको नाम

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले त्रिभुवन