२९ माघ २०८२, बिहिबार | February 12, 2026

अग्रगमनतर्फ लाग्नुको विकल्प नभएको एमालेको ठहर



काठमाडौं । नेकपा (एमाले)को छैटौँ केन्द्रीय कमिटीको आजको बैठकले लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान र विकास निर्माणका क्षेत्रमा भएका उपलब्धिलाई अवमूल्यन गर्दै समाजमा निर्माण गर्न खोजिएको नकारात्मक मनोविज्ञानको अन्त्यगरी अग्रगमनतर्फ लाग्नुको विकल्प नभएको निष्कर्ष निकालेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले ‘पुराना पार्टीका असफलता’ भन्ने भाष्य निर्माण गर्दै आफूसँग सबै समस्याको समाधान रहेको भ्रम छर्न खोज्नेसँग सजग रहन आग्रह गरेको छ ।

समाजको नैराश्यको अवस्थालाई अन्त्य गरेर मुलुक बन्छ, बन्दैछ भन्ने दह्रो आत्मविश्वास निर्माणका साथ प्राप्त उपलब्धिको रक्षा एवं सम्बरेद्धनसहित यही मङ्सिर १४ गतेदेखि तीन हप्तासम्म पुष्पलाल (मध्यपहाडी) लोकमार्ग केन्द्रित विशेष अभियानको कार्यक्रमलाई बैठकले पारित गरेको छ ।

बैठकपछि पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमबाट जारी विज्ञप्तिमा राष्ट्रिय झन्डा फहराएर झुलाघाट–चिवाभञ्ज्याङ ः समृद्धिका लागि सङ्कल्प यात्रा आरम्भ गर्ने निर्णय गरेको उल्लेख छ ।

पूर्वाधार, स्वास्थ्य, खानेपानी र शिक्षा क्षेत्रको विकासका लागि तीव्ररूपमा भइरहेको बसाइँसराइँ अहिले पहाडी क्षेत्रको बन्न गएकाले समृद्धिको अभियानका उक्त क्षेत्रलाई कसरी जोड्न सकिन्छ भन्ने विषयमा अभियानका क्रममा अवलोकन गरिने जनाइएको छ ।

‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’को मर्म एवं भावनाअनुरुप उक्त यात्रा सञ्चालन हुनेछ । अभियानका क्रममा जनसभा, जनभेला तथा भेटघाट, कलेज तथा विद्यालयका विद्यार्थीसँग छलफल, किसानसँग अन्तक्र्रिया, कृषि वैज्ञानिकसँग संवाद, विकास कार्यको अवलोकन र नमूना काम गरिरहेका उद्यमीसँग भेटघाट, ऐतिहासिक, धार्मिक र सांस्कृतिकस्थलको अवलोकन, जनताका अनुभूति, गुनासा र सुझावको सङ्कलन गरिनेछ जनाइएको छ ।

बैठकले गत कात्तिक १७ गते जाजरकोट भूकम्पबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको अवस्थामा शीघ्र राहत र पुनःस्थापनाका कार्य गर्न सरकारलाई आग्रह गरेको छ ।

एमालेले जाजरकोट र रुकुम पश्चिममा एक हजारभन्दा बढी स्वयंसेवक परिचालन गरी काम गरिरहेको छ । बैठकले सत्ता गठबन्धनको स्वार्थका लागि राज्यका निकायमा हस्तक्षेप गर्ने, तिनलाई कमजोर बनाउने र राज्यका निकायको विश्वसनीयता समाप्त पार्ने काम भइरहेको आरो पनि लगाएको छ ।

“यो बैठक इजरायल–प्यालेस्टाइनका बीचमा अविलम्ब दिगो युद्धविराम गर्न अपिल गर्दै बन्धक बनाइएकालाई अविलम्ब रिहा गर्न, प्यालेस्टाइनी नागरिकका लागि गाजा क्षेत्रमा निर्वाधरुपमा मानवीय सहायता सुनिश्चित गर्न, अन्तर्राष्ट्रिय मानवीय कानुनको पूर्ण पालना गर्न, शान्तिका पक्षमा उभिन र समस्याको शान्तिपूर्ण निकासका लागि संयुक्त राष्ट्र सङ्घको प्रस्तावअनुरुप ‘दुई राज्य समाधान’ को प्रस्ताव कार्यान्वयन गर्न सम्बद्ध पक्षलाई आह्वान गर्दछ ।” एमालेबाट जारी विज्ञप्तिमा भनिएको छ ।

बैठकले पार्टीका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङसहित यसबीचमा निधन भएका नेता र नेताका मातापिताको निधनमा श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

‘एमाले जस्तोसुकै कदम चाल्छ’

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको रक्षाका लागि एमालेजस्तो सुकै कदम चाल्न तयार हुने बताएका छन् ।

लतिलपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टीको छैटौँ केन्द्रीय कमिटी बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुक अप्ठ्यारो स्थितिमा रहेको बताए ।

देशलाई पछाडि फर्कन नदिने बताउँदै अध्यक्ष ओलीले भने, “हामी देशलाई प्रतिगमनतर्फ जान दिँदैनौ । एमालेको सङ्कल्प हो, प्रतिगमनतर्फ जान अनुकूल परिस्थितिको सिर्जना गर्ने निकम्बा बल हामीलाई स्वीकार्य हुँदैन ।”

वर्तमान अवसस्थालाई प्रतिगमनतर्फ लैजाने प्रयास भइरहेको भन्दै अध्यक्ष ओलीले भने, “देशलाई अहिलेको प्रणालीलाई प्रतिगमनतर्फ लैजान र यथास्थितिमा राख्ने विषयलाई एमालेले सफल हुन दिन्न र देशलाई अगाडि बढाएर लैजाने कुराको जिम्मेवारी लिन्छ ।”

एमालेले बदनाम गर्ने अनेक प्रयास भइरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले भने, “एमाले अरु पार्टीजस्तो परिवर्तनको उद्देश्यलाई यर्थातमा नबोकेर शाब्दिक अर्थमा बोकेझै गर्ने नक्कली कुरा गर्ने पार्टी होइन । देश बनाउने पार्टी त्यहीअनुसार अगाडि बढ्ने हो ।”

एमाले अध्यक्ष ओलीले देश बनाउन लागि पार्टी एकता, सक्रियता र अनुशासित सक्रिया आवश्यक रहेको बताए । उनले सरकारलाई सुझाव र दबाब दिनका लागि शान्तिपूर्ण आन्दोलन गर्ने बताए । उनले ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ सकेर आइसकेपछि शान्तिपूर्ण ढङ्गले परिवर्तन आवश्यक परे आन्दोलन गर्ने बताए ।

“हामी हिंसाको बाटो जाँदैनौँ । शान्तिपूर्ण तरिकाको बाटोबाट अगाडि बढ्छौँ । जनपरिचालनको बाटोबाट अगाडि बढ्छौँ । जनताको बल प्रयोग गर्न सक्छौँ”, अध्यक्ष ओलीले भने, “पदयात्रा फर्किपछि सचिवालय, स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटीमा नेतृत्वसँग छलफल गरेर हामी मैदानमा उत्रिन्छौँ र देशलाई एउटा बाटो दिन्छौँ । त्यस बाटोतिर जानुपर्ने आवश्यकता छ ।”

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ८ : १७ बजे

१३ औं संस्करणको ‘दीप गायन तारा’ शुक्रबारदेखि सुरु हुँदै

बुटवल । रूपन्देहीका विद्यार्थीमा लुकेर रहेका गायन प्रतिभालाई पहिचान र

राष्ट्रपति पौडेलले गरे राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका

तोलामा एक सयले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज तोलामा रु १०० ले सुनको

देउखुरीमा अटोरिक्सा र टिपर ठोक्किँदा एक जनाको मृत्यु, पाँच घाइते

दाङ । देउखुरीको कालाकाटे क्षेत्रमा अटोरिक्सा र टिपर एक आपसमा

क्षेत्रीय सहयोग आवश्यक मात्रै होइन, अनिवार्य छ : नेपाल

काठमाडौं । नेपालले बदलिँदो विश्व परिवेशमा क्षेत्रीय सहयोग आवश्यक मात्र