६ जेष्ठ २०८३, बुधबार | May 21, 2026

विकसित देशले हिमाल बचाउने दायित्व लिनुपर्छ : एमाले अध्यक्ष ओली



काठमाडौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओले जलवायु परिवर्तनले पारेको असरका बारेमा नेपालले औपचारिक रूपमा विश्वसामु आफ्नो आवाज बुलन्द गर्न पर्ने विचार ब्यक्त गरेका छन्।

पार्टीको परराष्ट मामिला विभाग र वन तथा वातावरण विभागद्वारा जलवायु परिवर्तन न्याय कोप-२८ मा नेपालले लिनुपर्ने अडान विषयक संयुक्त रूपमा आयोजित विज्ञहरूसँगको छलफल कार्यक्रममा बोल्दै जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रमा परावणीय संकट निम्तिन सक्ने बताउदै नेपालले संकट टार्न विश्व समुदायको ध्यान आकर्षण गर्न ढिला गर्न नहुने बताए ।

‘हिमाललाई तीब्र असर पुर्‍याउने काम विकसित देशले गरिरहेका छन। त्यस बापत विकसित देशले केही रकम दिएर मात्र पुग्दैन । विकसित देशले हिमाललाई कसरी बचाउने भन्नेतर्फ ध्यान दिने बेला आएको छ’, उनले भने ।

कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य तथा परराष्ट मामिला विभाग प्रमुख डा. राजन भट्टाराईले जलवायु परिवर्तनका असरको विषय कुटनैतिक हिसाबमा प्रभावकारी लविङ गर्ने बेला आएको बताउदै देशले संयुक्त रूपमा समस्या समधान गर्ने आवाज उठाउनु पर्ने बेला आएको जोड दिए।

पार्टी वन तथा वातावरण विभाग प्रमुख भारती पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वन्यजन्तु विभागका महानिर्देशक डा. सिन्धु ढुंगानाले कार्यपत्र प्रस्तुत गरेका थिए भने डा. विमला राई पौडेल, घनश्याम पाण्डे कञ्चन लामा डा. महेश्वर ढकाल नवराज पुडासैनी लगायतले आआफ्नो विचार राखेका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ४ : २० बजे

केही जिल्लामा भारी वर्षा, सुदूरपश्चिम र लुम्बिनीमा अझै तातो दिन कायम रहने

काठमाडौँ । तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका

डाबर नेपालको ‘डाबर हनी’ गुणस्तरहिन्, बजारबाट फिर्ता गर्न उत्पादकलाई आदेश

काठमाडौं । डाबर नेपालले बजारमा बिक्रि वितरण गरिरहेको डाबर हनी(मह)

काठमाडौँको गोठाटारबाट पेस्तोलसहित एक जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार पहेँलो पुलबाट

नगरप्रहरीद्वारा दुर्व्यवहारको घटनामा क्षतिपूर्ति प्रदान

सुर्खेत । काफल बेच्ने महिलामाथि नगरप्रहरीले दुर्व्यवहार गरेको घटनामा वीरेन्द्रनगर